News Portal

दुर्गा प्रसाईंको रिहामाथि सरकारको असहमति, सर्वोच्चमा पुनरावलोकनको तयारी

२१२ पटक

काठमाडौं, साउन २० – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले दिएको आदेश सरकारलाई चित्त बुझेन। सरकारको कानुनी सल्लाहकार निकाय, महान्यायाधिवक्ता कार्यालयले उक्त आदेशलाई ‘न्याय र कानूनी सिद्धान्तविपरीत’ ठहर गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको तयारी थालेको छ।

प्रवक्ता उद्धव पुडासैनीका अनुसार, आदेशले विधिको शासन कमजोर पार्ने जोखिम बोकेकोले सर्वोच्च अदालतमा बदरको माग गर्दै निवेदन दर्ता गरिनेछ। “दुवै आदेश न्यायका मान्य सिद्धान्तविपरीत छन्,” पुडासैनीले भने, “त्यसैले हामी सर्वोच्च अदालतमा जाने निर्णयमा पुगेका छौं।”

महान्यायाधिवक्ता कार्यालयले यस विषयमा उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई आदेश र सम्बन्धित फाइलहरू अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

प्रसाईंमाथि चैत १५ गतेको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र अर्को बैंकिङ कसुरसम्बन्धी मुद्दा चलिरहेका छन्। ती दुवै मुद्दामा उच्च अदालत पाटनले उनलाई आइतबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

आदेशको आधारमा तोकिएको धरौटी रकम बुझाएर उनी सोमबार डिल्लीबजार कारागारमा फर्किएका थिए। तर, करिब दुई घण्टापछि कारागार प्रशासनले रिहाइ प्रक्रिया पूरा गरी बेलुका नै उनलाई जेलमुक्त गर्‍यो।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...