News Portal

नारायणगढ–मुग्लिन सडकखण्ड : सधैंको झैँ ढुंगा खस्ने त्रास, जोखिम अझै कायम

३४१ पटक

चितवन, साउन २०- नारायणगढ–मुग्लिन सडकखण्ड यात्रुका लागि सुविधा मात्र होइन, सँगसँगै एक सतर्कताको कथा पनि हो। भित्तो काटेर बनाइएको यो सडक खण्ड वर्षात् लागेपछि ढुंगा र पहिरोको जोखिमका कारण फेरि चर्चामा छ।

सडक निर्माणका क्रममा भित्ताहरू काटिएपछि जोखिम स्वतः निम्तिएको हो। पछिल्ला वर्षमा पुल निर्माण, सडक विस्तार र पहिरो नियन्त्रणका कामहरू अघि बढाइए पनि खस्ने ढुंगाले अझै यात्रुहरूलाई त्रसित बनाइरहेको छ।

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरे भन्छन्, “तुइन खोलामा ठूलो ढुंगा हटाइएको छ तर साना ढुंगा अझै खस्ने सम्भावना कायमै छ। रकनेटिङको तयारी भइरहेको छ।” घिमिरेका अनुसार करिब १६ मिटर माथिबाट निकै जोखिमपूर्ण स्थितिमा रहेको ढुंगा लङबुम एक्साभेटरको सहयोगमा हटाइएको हो।

लामो बालुवा पुल क्षेत्र पनि जोखिमयुक्त छ। यही ठाउँमा केही समयअघि ढुंगा खस्दा एक चालकले ज्यान गुमाएका थिए। लगभग ७ सय मिटर क्षेत्रमा पहिरोको सम्भावना उच्च देखिएको छ।

त्यस्तै, जलवीरे, नाम्सी पुल र तुइन खोलाको आसपासका क्षेत्र पनि सुरक्षाको दृष्टिले संवेदनशील मानिएका छन्। जलवीरेमा १०० मिटरको दायरा जोखिममा छ भने नाम्सी पुल र तुइन खोलामा क्रमशः भित्तो काटिएकाले ढुंगा खस्ने सम्भावना रहेको इञ्जिनियरहरूको निष्कर्ष छ।

घिमिरे भन्छन्, “पहिले रोकथाम गरिएका ठाउँमा खासै समस्या छैन, तर नयाँ विस्तारित भागहरूमा चुनौती देखिएको छ।” रोकथामका लागि विभागसँग समन्वय गरी योजना अघि बढाइएको उनले बताए।

कार्यालय प्रमुख नारायण लामिछानेले पनि जोखिम क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायतका प्रविधि प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै यात्रुहरूले विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिए।

हाल मुग्लिनमा एक लोडर तयारी अवस्थामा राखिएको छ भने सेतीदोभान क्षेत्रमा जेसिभी, ट्रकटेलर, टिपरसहितका उपकरण खटाइएका छन्। नाली बन्द हुन नदिन मिनी एक्साभेटर र जनशक्ति नियमित रूपमा परिचालनमा छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...