News Portal

  • नारायणगढ–मुग्लिन सडकखण्ड : सधैंको झैँ ढुंगा खस्ने त्रास, जोखिम अझै कायम

    २४० पटक

    चितवन, साउन २०- नारायणगढ–मुग्लिन सडकखण्ड यात्रुका लागि सुविधा मात्र होइन, सँगसँगै एक सतर्कताको कथा पनि हो। भित्तो काटेर बनाइएको यो सडक खण्ड वर्षात् लागेपछि ढुंगा र पहिरोको जोखिमका कारण फेरि चर्चामा छ।

    सडक निर्माणका क्रममा भित्ताहरू काटिएपछि जोखिम स्वतः निम्तिएको हो। पछिल्ला वर्षमा पुल निर्माण, सडक विस्तार र पहिरो नियन्त्रणका कामहरू अघि बढाइए पनि खस्ने ढुंगाले अझै यात्रुहरूलाई त्रसित बनाइरहेको छ।

    डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरे भन्छन्, “तुइन खोलामा ठूलो ढुंगा हटाइएको छ तर साना ढुंगा अझै खस्ने सम्भावना कायमै छ। रकनेटिङको तयारी भइरहेको छ।” घिमिरेका अनुसार करिब १६ मिटर माथिबाट निकै जोखिमपूर्ण स्थितिमा रहेको ढुंगा लङबुम एक्साभेटरको सहयोगमा हटाइएको हो।

    लामो बालुवा पुल क्षेत्र पनि जोखिमयुक्त छ। यही ठाउँमा केही समयअघि ढुंगा खस्दा एक चालकले ज्यान गुमाएका थिए। लगभग ७ सय मिटर क्षेत्रमा पहिरोको सम्भावना उच्च देखिएको छ।

    त्यस्तै, जलवीरे, नाम्सी पुल र तुइन खोलाको आसपासका क्षेत्र पनि सुरक्षाको दृष्टिले संवेदनशील मानिएका छन्। जलवीरेमा १०० मिटरको दायरा जोखिममा छ भने नाम्सी पुल र तुइन खोलामा क्रमशः भित्तो काटिएकाले ढुंगा खस्ने सम्भावना रहेको इञ्जिनियरहरूको निष्कर्ष छ।

    घिमिरे भन्छन्, “पहिले रोकथाम गरिएका ठाउँमा खासै समस्या छैन, तर नयाँ विस्तारित भागहरूमा चुनौती देखिएको छ।” रोकथामका लागि विभागसँग समन्वय गरी योजना अघि बढाइएको उनले बताए।

    कार्यालय प्रमुख नारायण लामिछानेले पनि जोखिम क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायतका प्रविधि प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै यात्रुहरूले विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिए।

    हाल मुग्लिनमा एक लोडर तयारी अवस्थामा राखिएको छ भने सेतीदोभान क्षेत्रमा जेसिभी, ट्रकटेलर, टिपरसहितका उपकरण खटाइएका छन्। नाली बन्द हुन नदिन मिनी एक्साभेटर र जनशक्ति नियमित रूपमा परिचालनमा छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...