News Portal

भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै रास्वपा र राप्रपाका सांसद फेरि संसद् बैठकबाट बाहिरिए

२२२ पटक

काठमाडौं, साउन १९ – भिजिट भिसाको नाममा भएको कथित मानव तस्करी र त्यससँग जोडिएको भ्रष्टाचार काण्डको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू सोमबारको संसद् बैठकबाट पनि आफ्ना धारणा राखेर बहिर्गमन गरेका छन्।

जेठ १३ गतेदेखि नै निरन्तर रूपमा यो विषय संसद्‌मा उठाउँदै आएका रास्वपाका सांसद असिम साहले आजको बैठकमा तीव्र प्रश्न उठाउँदै भने, “भिजिट भिसाको नाममा भएको मानव तस्करीको फाइल अहिले कहाँ पुग्यो? भ्रष्टाचारको अडियो सार्वजनिक भइसकेको अवस्थामा एक मन्त्रीको राजीनामाले मात्रै सबै कुरा धुलो चटाउनु हो?”

उनले सो अडियोमा नाम जोडिएका अन्य मन्त्री तथा पूर्वमन्त्रीहरू अझै पनि अदृश्य शक्तिको संरक्षणमा रहेको आरोप लगाए। “राजीनामा दिएको मात्रैले छुट हुन्छ भने बाँकीहरूलाई किन संरक्षण दिइँदैछ?” साहको तर्क थियो।

यता, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले विषय भिजिट भिसाको मात्र नभई राज्यको नियतमाथि नै प्रश्न उठाउने खालको रहेको बताए। “भिजिट भिसामा हरेक नेपाली जान्छन्, तर यो प्रकरण इमिग्रेशनदेखि शासकीय इच्छाशक्तिसम्मको असफलता हो,” प्रधानले भने, “जब ३० लाख जनताको प्रतिनिधित्व गर्ने सांसदहरूले आवाज उठाउँछन्, त्यही आवाजलाई व्यवस्था विरोधी भन्ने कार्यकारी प्रमुखको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक र निन्दनीय छ।”

प्रधानले आफूहरू समस्याको होइन, समाधानको पक्षमा उभिएको दाबी गरे। “हामी व्यवस्थित समाधानको माग गर्छौं, छानबिनको माग गर्छौं। तर सरकार हरेक आलोचनालाई अपमान ठान्दैछ,” उनले संसद्‌मा स्पष्ट गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...