News Portal

ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

१८५ पटक

तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा पर्दा सात जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस ऐना पहराको भीर नजिकै चिप्लिएर दुर्घटनामा परेको हो। बस केहीबेर रोकिएर यात्रु झार्ने क्रममा फेरि अगाडि बढाउँदा सन्तुलन गुमाएर दुर्घटना भएको बताइएको छ।

तनहुँ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी अशोक थापाका अनुसार हालसम्म सात जनाको उद्धार गरिएको छ। “बसभित्र धेरैजना यात्रु थिएनन्, तर अगाडिको भाग पानीमा डुबेकाले अन्य यात्रु पनि हुन सक्ने सम्भावना छ,” थापाले बताए।

दुर्घटना स्थलमा प्रहरी र स्थानीयवासीले उद्दार कार्यमा सक्रियता देखाएका छन्। गम्भीर घाइते दुई जनालाई तुरुन्तै अस्पताल पठाइएको छ भने बाँकी पाँच जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...