News Portal

लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

२२७ पटक

काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका साथ सुरक्षा संयन्त्रहरूलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी रूपमा अघि बढाउन निर्देशन दिएका छन्।

शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्युरो (एनसीबी) को स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डारण र प्रयोग देशको लागि दिनानुदिन बढ्दो चुनौतीको रूपमा देखिएको उल्लेख गरे।

“लागू औषधको असरले सडक दुर्घटना, आत्महत्या, साइबर अपराधजस्ता घटनामा वृद्धि भएको छ,” गृहमन्त्री लेखकले भने, “एक वर्षअघि सुरु गरिएको लागू औषधविरुद्धको महाअभियानले ठोस परिणाम दिन थालेको छ, त्यसले हामीलाई अझ गहिरो र लामो लडाइँतर्फ डोर्याएको छ।”

गृहमन्त्री लेखकले पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणको क्षेत्रमा विगतको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरे। युवापुस्तालाई केन्द्रविन्दुमा राखेर सञ्चालन गरिएको सचेतना र कारबाही अभियानले जनस्तरमै चेतनाको लहर ल्याएको उनको ठम्याइ छ।

“देशको मेरुदण्ड हो– युवा शक्ति। तर, उनीहरू नै लागू औषधको दलदलमा फसेको चित्र चिन्ताजनक छ। त्यसैले यो लडाइँ केवल प्रहरीको मात्र होइन, सबै तह र तप्काका नेपालीको साझा जिम्मेवारी हो,” उनले भने।

गृहमन्त्री लेखकले लागू औषध नियन्त्रण ब्युरोलाई विभागको संरचनामा रूपान्तरण गर्न पूर्वाधार र कार्ययोजना तयार पार्न प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशनसमेत दिए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...