News Portal

सूचना प्रविधिमा अब्बल बन्ने हो भने, स्वदेशमै सम्भावनाको उज्यालो छ : सञ्चारमन्त्री गुरुङ

३१७ पटक

काठमाडौं, साउन १६ – देशको समृद्धि सूचना प्रविधिबाटै सुनिश्चित हुन्छ भन्ने धारणा व्यक्त गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले यही क्षेत्रमा आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्नु आवश्यक भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित ‘केसिसी एक्जिबिसन–२०२५’ को उद्घाटन समारोहमा बोल्दै उनले भने, “सूचना प्रविधिको युगमा प्रतिस्पर्धा गर्न सक्ने सिर्जनशील युवाका लागि नेपालमै अवसर विस्तार हुँदै गएको छ। अब राज्यले सूचना प्रविधिमा दक्ष जनशक्ति तयार पार्न नीतिगत ढोका खोल्दैछ।”

मन्त्री गुरुङले विश्वका विभिन्न मुलुकहरू सूचना प्रविधिमा द्रुतगतिमा अगाडि बढिरहेको उल्लेख गर्दै नेपालमा पनि त्यसको अपार सम्भावना रहेको बताए। “तर संरचना, नीति र दक्ष जनशक्तिको अभावले चुनौती भने छँदैछ,” उनले स्पष्ट पारे, “तर हामी यसतर्फ लागेका छौं। यसै वर्षभित्र ४जी सेवा घरघरमा पुर्‍याउने र ५जी लञ्च गर्ने तयारीमा छौं।”

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सूचना प्रविधिमा आधारित समृद्धि नै अबको विकास मोडल भएको दाबी गरे। “सूचना प्रविधिको विकासको यात्रालाई अब हामीले प्राथमिकताका साथ अगाडि बढाउनैपर्छ,” उनले भने।

कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपाल (क्यान) की अध्यक्ष सुनैना घिमिरेले पनि प्रविधि नै आजको मूल आधार भएको भन्दै युवाहरूले आफ्ना सीप र सृजनशीलतालाई प्रयोग गरेर देशमै व्यवसाय र रोजगारीको बाटो बनाउँदै गइरहेको बताइन्। “हामी क्यानमार्फत यस्ता युवालाई निरन्तर सहयोग र प्रोत्साहन गर्दै आएका छौं,” उनले उल्लेख गरिन्।

यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का सचिव डा. रविन्द्रप्रसाद ढकालले भने, “देशमा इञ्जिनियरको अभाव तीव्र छ, तर युवाहरू विदेशी मोहमा लागिरहेकाले स्वदेशमै समृद्धिको बाटो बन्द हुँदैछ।” उनले युवालाई स्वदेशमै टिकाउन सक्षम वातावरण तयार गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे।

डा. ढकालले पछिल्ला दिनमा सूचना प्रविधिको माध्यमबाट स्वदेशमै सिर्जनात्मक काम गर्ने युवाको संख्या बढ्दै गएको बताउँदै भने, “उपयुक्त नीति, संरचना र वातावरण निर्माण भएमा प्रविधिमा आधारित उद्यम र स्वरोजगारमार्फत युवालाई देशमै रोक्न सकिन्छ।”

‘केसिसी एक्जिबिसन–२०२५’ दुई दिनसम्म सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...