News Portal

अल्पविकसितबाट विकासशील राष्ट्रको यात्रामा नेपाल : प्रधानमन्त्री ओलीको विश्वास

३५८ पटक

काठमाडौं, साउन १६ – नेपाल अब विकासको नयाँ मोडमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही सन्देश दिँदै देश समृद्धिको दिशामा दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।

बागमती प्रदेशलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा तथा बागमती डिजिटल हेल्थ कार्यक्रमको शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको हितका लागि समर्पित रहेको स्पष्ट पारे। उनले भने, “हामी यस्तो नेपाल बनाउने अभियानमा छौं, जहाँ सुशासन, स्वच्छता र जनताको समृद्ध जीवन सुनिश्चित होस्।”

प्रधानमन्त्री ओलीका अनुसार नेपाल आगामी मंसिर महिनामा ऐतिहासिक उपलब्धि हासिल गर्न लागेको छ। “अब हामी अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिनेछौं,” उनले भने, “आउँदो होइन, त्यसपछिको मंसिर, अर्थात् २०८३ सालको मंसिर महिनासम्ममा नेपाल विकासशील राष्ट्रको हैसियतमा पुग्नेछ।”

उनले नेपालको विकासको गति द्रुत भएको र सरकार यही मार्गमा अविचलित रहेको बताए। समृद्ध, स्वाधीन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा वर्तमान नेतृत्वले कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाइ थियो।

उनले थपे, “हामी नेपाली जनतालाई खुसी बनाउने सपना बोकेर अगाडि बढेका छौं। त्यो सपना अब टाढा छैन। हाम्रो मार्ग सही छ, हाम्रो लक्ष्य स्पष्ट छ।”

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...