News Portal

अल्पविकसितबाट विकासशील राष्ट्रको यात्रामा नेपाल : प्रधानमन्त्री ओलीको विश्वास

२३५ पटक

काठमाडौं, साउन १६ – नेपाल अब विकासको नयाँ मोडमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही सन्देश दिँदै देश समृद्धिको दिशामा दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।

बागमती प्रदेशलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा तथा बागमती डिजिटल हेल्थ कार्यक्रमको शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको हितका लागि समर्पित रहेको स्पष्ट पारे। उनले भने, “हामी यस्तो नेपाल बनाउने अभियानमा छौं, जहाँ सुशासन, स्वच्छता र जनताको समृद्ध जीवन सुनिश्चित होस्।”

प्रधानमन्त्री ओलीका अनुसार नेपाल आगामी मंसिर महिनामा ऐतिहासिक उपलब्धि हासिल गर्न लागेको छ। “अब हामी अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिनेछौं,” उनले भने, “आउँदो होइन, त्यसपछिको मंसिर, अर्थात् २०८३ सालको मंसिर महिनासम्ममा नेपाल विकासशील राष्ट्रको हैसियतमा पुग्नेछ।”

उनले नेपालको विकासको गति द्रुत भएको र सरकार यही मार्गमा अविचलित रहेको बताए। समृद्ध, स्वाधीन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा वर्तमान नेतृत्वले कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाइ थियो।

उनले थपे, “हामी नेपाली जनतालाई खुसी बनाउने सपना बोकेर अगाडि बढेका छौं। त्यो सपना अब टाढा छैन। हाम्रो मार्ग सही छ, हाम्रो लक्ष्य स्पष्ट छ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...