News Portal

ऊर्जामन्त्री खड्काको भनाइ– “सीप छ भने रोजगारी टाढा छैन”

२६६ पटक

काठमाडौं, साउन १६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भन्नुभयो, “रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ।” खाँदबारीमा आयोजित एक कार्यक्रममार्फत मन्त्री खड्काले स्थानीय युवालाई सीपयुक्त बनाएर जिल्लालाई जलविद्युत्को केन्द्र बनाउने सरकारको प्राथमिकता स्पष्ट पार्नुभयो।

खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी २० दिने तालिमको उद्घाटन गर्दै मन्त्री खड्काले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथो जस्ता बहुचर्चित जलविद्युत् आयोजनाको सफलताका लागि स्थानीय जनशक्तिको प्राविधिक दक्षता अपरिहार्य भएको बताउनुभयो।

सीप विकास– आत्मनिर्भरताको आधार

“सीप विकास भनेको अब रोजगारीको मात्रै कुरा होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि हो,” मन्त्री खड्काको भनाइ थियो। उहाँले जिल्लाका युवालाई सीपयुक्त बनाई आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जानकारी समेत दिनुभयो।

शिक्षालयमार्फत स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्री जस्ता शाखामा तालिम सञ्चालन गरिने बताउँदै मन्त्री खड्काले सीपको माध्यमबाट युवालाई आफ्नै गाउँघरमै रोजगारीको अवसर सृजना गरिने उल्लेख गर्नुभयो।

नगरप्रमुखको प्रतिबद्धता– ‘यस्ता तालिम निरन्तर चलाउनेछौं’

खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले तालिमले युवाहरूमा आशा, आत्मविश्वास र आत्मनिर्भरताको भावना विकास गराउने भएकाले नगरपालिका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो।

सङ्खुवासभाको उर्जा सम्भावनालाई उपयोग गर्दै जनशक्तिमा सीप विकास गरिनु नै दीर्घकालीन समृद्धिको बाटो हो भन्ने सन्देशसहित उक्त तालिमको उद्घाटन सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...