News Portal

साउन १५ को मिठास सबै नेपालीका लागि होस् : प्रधानमन्त्री ओली

१९९ पटक

काठमाडौं, साउन १५ – नेपाली जनजीवनको स्वादिलो संस्कार। यही दिनको विशेष अवसरमा आयोजित ‘स्रष्टा भेटघाट तथा खीर खाने’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने — “साउन १५ को खीरको भान्सामा केवल दूध र चामल मात्र होइन, समृद्ध राष्ट्रको सपना पनि उम्लनुपर्छ।”

नेकपा (एमाले) अन्तर्गतको साहित्य, कला तथा संस्कृति विभागले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीले हर्षोल्लासपूर्वक साउन १५ मा खीर खान पाउने वातावरण बनाउनु पर्नेमा जोड दिए। “यो परम्परा हाम्रो संस्कृतिको मेरुदण्ड हो, अब हामीले यसलाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बेला आएको छ,” उनको भनाइ थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेशमा परेको सुक्खाले कृषिमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै, सरकारले सिँचाइ व्यवस्थापनमा उच्च प्राथमिकता दिएको जानकारी गराए। उनले सुनकोशी–मरिन डाइभर्सन, रानी–जमरा–कुलरिया, तमोरजस्ता महत्वपूर्ण सिँचाइ आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए।

“हाम्रो संस्कार बचाउन र खाद्य सुरक्षाको जग बलियो बनाउन, संस्कृति र विकासलाई हातेमालो गराउनु जरुरी छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...