News Portal

जनकपुर खुकुरीकाण्ड : एकपछि अर्को ज्यान लिने रामबाबु फेरि प्रहरीको फन्दामा

४०१ पटक

जनकपुरधाम, साउन १५ – एकपटक आफ्नै श्रीमतीको हत्या गरेर जेल बसेका सिरहा क्षिरेश्वरनाथ-९ इच्छापुर निवासी ४३ वर्षीय रामबाबु साह फेरि अर्काे ज्यान लिएर प्रहरीको फन्दामा परेका छन्। यसपटक उनको क्रोधको शिकार बनिन् १५ वर्षीया किशोरी अञ्जली कुमारी यादव, र खुकुरीको धारले अरु दुई महिलालाई पनि नराम्रोसँग छोएको छ।

गत सोमबार राति करिब साढे ११ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका दिनेश यादवको घरमा रामबाबुले खुकुरीसहित आक्रमण गरेका थिए।

दिनेशकी छोरी अञ्जलीको घटनास्थलमै ज्यान गयो, श्रीमती आशा देवी यादव गम्भीर घाइते भइ धरान रिफर भइन् भने १४ वर्षीया राधा यादव उपचारपछि डिस्चार्ज भइसकेकी छिन्।

हत्या र आक्रमणपछि फरार भएका रामबाबुलाई बुधबार राति सिरहाकै क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। डीएसपी बरुणबहादुर सिंहका अनुसार, घटनामा प्रयोग गरिएको खुकुरी र मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

पहिले पनि गरेकै थिए श्रीमतीको हत्या

रामबाबु साहको आपराधिक इतिहास नयाँ होइन। २०७१ सालको चैत २ गते उनले आफ्नै जेठी श्रीमती सरीता देवी साहको हत्या गरेका थिए। पाँच वर्ष जेल बसेर २०७७ सालमा छुटेका उनी, जेलमुक्तिको दुई महिनामै दोस्रो विवाह गरेर गाउँमै बस्न थालेका थिए।

त्यसै क्रममा महेन्द्र बजारमा चिया बेच्ने आशा यादवसँग चिनजान भएको र सम्बन्ध गहिरिँदै जनकपुरमा लुकिछिपी बस्न थालेको प्रहरी अनुसन्धानमा खुलेको छ। आशाका श्रीमान दिनेशले सो सम्बन्धबारे थाहा पाएपछि परिवारस्तरमै छलफल भएको थियो। छलफलपछि आशा रामबाबुसँग बस्ने, र उनका छोरा–छोरीलाई दिनेशले नै हेरचाह गर्ने सहमति बनेको थियो।

सम्बन्धमा खटपट, र सामुहिक विनाशको बाटो

सम्बन्ध गहिरिएसँगै रामबाबुले आशालाई अटो रिक्सा समेत किनेका थिए। तर, आशाले त्यो सवारी आफ्ना भाइको नाममा पास गरेर रामबाबुलाई जानकारी नदिइ डेरा सरेकी रहिछन्। साथै, पहिलाका श्रीमान दिनेशलाई पनि त्यही डेरामा ल्याएको खुलेको छ।

प्रेममा धोका, सम्पर्कमा दूरी, र व्यवहारमा परिवर्तनले रामबाबु आक्रोशित बने। घटना भएको दिन उनले बारम्बार फोन गरे। आशाले जवाफ नदिई छोरी अञ्जलीलाई उठाउन लगाइन्।

अन्ततः आशाले एक पटक संवाद गरिन्, तर त्यहाँ पनि गाली–गलौज भयो। त्यसै रिसमा खुकुरी बोकेर उनी आशाको डेरामा पुगे र अन्धाधुन्ध प्रहार गरे।

प्रहरीको भनाइमा, आशा यादव आर्थिक रुपमा सबल भएपछि रामबाबुसँग टाढिन खोजेकी थिइन्। फोन नउठाउने, जेठी श्रीमतीलाई मेसेज पठाउने, र घरमा झगडा गराउनेजस्ता व्यवहार देखिएको थियो।

प्रहरी अनुसन्धान जारी

घटनामा संलग्न रामबाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ। प्रहरी स्रोतका अनुसार, घटनाको जडमा अवैध सम्बन्ध, आर्थिक लेनदेन र पारिवारिक द्वन्द्वको गाँठो रहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...