News Portal

  • जनकपुर खुकुरीकाण्ड : एकपछि अर्को ज्यान लिने रामबाबु फेरि प्रहरीको फन्दामा

    २०८ पटक

    जनकपुरधाम, साउन १५ – एकपटक आफ्नै श्रीमतीको हत्या गरेर जेल बसेका सिरहा क्षिरेश्वरनाथ-९ इच्छापुर निवासी ४३ वर्षीय रामबाबु साह फेरि अर्काे ज्यान लिएर प्रहरीको फन्दामा परेका छन्। यसपटक उनको क्रोधको शिकार बनिन् १५ वर्षीया किशोरी अञ्जली कुमारी यादव, र खुकुरीको धारले अरु दुई महिलालाई पनि नराम्रोसँग छोएको छ।

    गत सोमबार राति करिब साढे ११ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका दिनेश यादवको घरमा रामबाबुले खुकुरीसहित आक्रमण गरेका थिए।

    दिनेशकी छोरी अञ्जलीको घटनास्थलमै ज्यान गयो, श्रीमती आशा देवी यादव गम्भीर घाइते भइ धरान रिफर भइन् भने १४ वर्षीया राधा यादव उपचारपछि डिस्चार्ज भइसकेकी छिन्।

    हत्या र आक्रमणपछि फरार भएका रामबाबुलाई बुधबार राति सिरहाकै क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। डीएसपी बरुणबहादुर सिंहका अनुसार, घटनामा प्रयोग गरिएको खुकुरी र मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

    पहिले पनि गरेकै थिए श्रीमतीको हत्या

    रामबाबु साहको आपराधिक इतिहास नयाँ होइन। २०७१ सालको चैत २ गते उनले आफ्नै जेठी श्रीमती सरीता देवी साहको हत्या गरेका थिए। पाँच वर्ष जेल बसेर २०७७ सालमा छुटेका उनी, जेलमुक्तिको दुई महिनामै दोस्रो विवाह गरेर गाउँमै बस्न थालेका थिए।

    त्यसै क्रममा महेन्द्र बजारमा चिया बेच्ने आशा यादवसँग चिनजान भएको र सम्बन्ध गहिरिँदै जनकपुरमा लुकिछिपी बस्न थालेको प्रहरी अनुसन्धानमा खुलेको छ। आशाका श्रीमान दिनेशले सो सम्बन्धबारे थाहा पाएपछि परिवारस्तरमै छलफल भएको थियो। छलफलपछि आशा रामबाबुसँग बस्ने, र उनका छोरा–छोरीलाई दिनेशले नै हेरचाह गर्ने सहमति बनेको थियो।

    सम्बन्धमा खटपट, र सामुहिक विनाशको बाटो

    सम्बन्ध गहिरिएसँगै रामबाबुले आशालाई अटो रिक्सा समेत किनेका थिए। तर, आशाले त्यो सवारी आफ्ना भाइको नाममा पास गरेर रामबाबुलाई जानकारी नदिइ डेरा सरेकी रहिछन्। साथै, पहिलाका श्रीमान दिनेशलाई पनि त्यही डेरामा ल्याएको खुलेको छ।

    प्रेममा धोका, सम्पर्कमा दूरी, र व्यवहारमा परिवर्तनले रामबाबु आक्रोशित बने। घटना भएको दिन उनले बारम्बार फोन गरे। आशाले जवाफ नदिई छोरी अञ्जलीलाई उठाउन लगाइन्।

    अन्ततः आशाले एक पटक संवाद गरिन्, तर त्यहाँ पनि गाली–गलौज भयो। त्यसै रिसमा खुकुरी बोकेर उनी आशाको डेरामा पुगे र अन्धाधुन्ध प्रहार गरे।

    प्रहरीको भनाइमा, आशा यादव आर्थिक रुपमा सबल भएपछि रामबाबुसँग टाढिन खोजेकी थिइन्। फोन नउठाउने, जेठी श्रीमतीलाई मेसेज पठाउने, र घरमा झगडा गराउनेजस्ता व्यवहार देखिएको थियो।

    प्रहरी अनुसन्धान जारी

    घटनामा संलग्न रामबाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ। प्रहरी स्रोतका अनुसार, घटनाको जडमा अवैध सम्बन्ध, आर्थिक लेनदेन र पारिवारिक द्वन्द्वको गाँठो रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...