News Portal

ठमेल दोहोरी साँझ झगडा : ‘सानुभाइ’ सहित तीन जनालाई चार दिनको म्याद थप

४१० पटक

काठमाडौं, साउन १५ – राजधानीको पर्यटकीय क्षेत्र ठमेलस्थित ‘नगरकोट दोहोरी साँझ’ मा झगडा मच्चाएको अभियोगमा पक्राउ परेका ‘सानुभाइ’ नामले चिनिने युवराज गुरुङसहित तीन जनालाई थप चार दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

बुधबार राति झगडाको सूचना पाएपछि प्रहरी वृत्त सोह्रखुट्टेको टोली घटनास्थलमा पुगेर गुरुङसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

स्थानीय बार सञ्चालकका अनुसार, सानुभाइ समूह र अर्का केही व्यक्तिहरूबीच विवाद चर्किएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो। तत्काल प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि प्रहरीले झगडामा संलग्न तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका युवराज गुरुङ ‘सानुभाइ’ लामो समयदेखि ठमेल र गोंगबु क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्र बनाउँदै आएको व्यक्ति भएको प्रहरी स्रोतले जनाएको छ। उनले यसअघि पनि गुन्डागर्दी, धम्की र सार्वजनिक स्थलमा अव्यवस्थित व्यवहारका घटनामा संलग्न हुँदै आएका थिए।

प्रहरीका अनुसार, पछिल्ला केही महिनादेखि ठमेल क्षेत्र शान्त र सुरक्षित राख्ने प्रयास भइरहेकै बेला पुनः ‘सानुभाइ’ जस्ता व्यक्तिहरूको गतिविधिले चिन्ता थपिएको छ।

हाल तीनै जनालाई नियन्त्रणमा राखेर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...