News Portal

व्यक्तिगत स्वार्थले पार्टी एकता खल्बलिनु हुँदैन : डा. आरजु राणा देउवा

४१३ पटक

पोखरा, साउन १५ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टी संगठनभित्र व्यक्तिगत कुरालाई लिएर असमझदारी र विभाजन बढाउनु अनुचित भएको स्पष्ट चेतावनी दिएकी छन्।

बिहीबार पोखरामा आयोजित नेपाली कांग्रेस कास्कीको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीलाई स्वार्थपूर्तिको माध्यम होइन, राष्ट्र र समाजप्रति समर्पण गर्ने संस्था भनेर बुझ्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “पार्टी व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने थलो होइन, राष्ट्रका लागि योगदान गर्ने स्थान हो। विचार, मूल्य र नेतृत्वप्रति प्रतिबद्ध भएर अघि बढ्न सके पार्टी अझ सशक्त बन्छ।”

उनले कांग्रेसको गौरवशाली इतिहास स्मरण गर्दै संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा हिँड्न आजको पुस्ता तयार हुनुपर्ने बताइन्।

“हामी हरेकको बोली, व्यवहार र आचरणमा पार्टीलाई बलियो बनाउने भावनाको झल्को हुनुपर्छ,” उनले भनिन्, “विचारमा भिन्नता हुनु स्वाभाविक हो, तर त्यसलाई गुटबन्दीको रुप दिँदा पार्टीको एकता कमजोर हुन्छ।”

१५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र स्वच्छ प्रतिस्पर्धालाई स्वागतयोग्य मान्दै उनले कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्तिले संगठनको शक्तिमा आँच आउने खतरा औंल्याइन्।

सामाजिक सञ्जालको सन्दर्भमा बोल्दै उनले नयाँ राजनीतिक शक्तिहरूले सामाजिक मञ्चको सक्रिय प्रयोग गरिरहेको उल्लेख गरिन् र कांग्रेसले पनि सकारात्मक सन्देश प्रवाहका लागि यो माध्यमलाई सबल बनाउनुपर्ने धारणा राखिन्।

हाल देशमा “केही भएको छैन” भन्ने नकारात्मक सन्देशहरू फैलिने क्रम बढिरहेको भन्दै उनले त्यो प्रवृत्तिविरुद्ध सचेत रहनुपर्ने चेतावनी दिइन्।

युवाशक्ति पलायनको विषय उठाउँदै उनले देशमै आशा र अवसर देखिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् र भनिन्, “देशको माटोमा नै केही गर्ने सोच बनाउनु हाम्रो साझा जिम्मेवारी हो।”

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...