News Portal

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

२५२ पटक

काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको स्पष्ट पारेका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूमाथि कारबाही गरिएको आधारमा सरकारलाई नै दोषी ठहराउने चलन गलत भएको बताए। उनले भने, “सरकारले दुई-चार जनालाई कारबाही गर्‍यो भने सरकार नै भ्रष्टाचारको पर्याय हो भन्ने कसरी हुन्छ? भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिने कुरा हुँदैन। जसले गर्छ, उसलाई कारबाही हुन्छ। सरकार त्यही गर्नका लागि छ।”

यसअघि बैठकको शून्य समयमा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले मुलुकमा बढ्दो भ्रष्टाचारका लागि सरकार नै मुख्य दोषी रहेको आरोप लगाएका थिए। शर्माले सरकार र भ्रष्टाचार पर्यायवाची बनेको भन्दै गम्भीर टिप्पणी गरेका थिए।

प्रधानमन्त्री ओलीले देशको विकास र आर्थिक वृद्धिका लागि सबै राजनीतिक दल र निकायबीच साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए। “गम्भीर विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्छ, आरोप-प्रत्यारोप गरेर समाधान आउँदैन,” उनले थपे।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई रोक्न सरकार दृढ रहेको र यस्ता चुनौतीलाई सामूहिक प्रयासले मात्र जित्न सकिने उल्लेख गरे।

 

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...