News Portal

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

३२१ पटक

काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको स्पष्ट पारेका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूमाथि कारबाही गरिएको आधारमा सरकारलाई नै दोषी ठहराउने चलन गलत भएको बताए। उनले भने, “सरकारले दुई-चार जनालाई कारबाही गर्‍यो भने सरकार नै भ्रष्टाचारको पर्याय हो भन्ने कसरी हुन्छ? भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिने कुरा हुँदैन। जसले गर्छ, उसलाई कारबाही हुन्छ। सरकार त्यही गर्नका लागि छ।”

यसअघि बैठकको शून्य समयमा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले मुलुकमा बढ्दो भ्रष्टाचारका लागि सरकार नै मुख्य दोषी रहेको आरोप लगाएका थिए। शर्माले सरकार र भ्रष्टाचार पर्यायवाची बनेको भन्दै गम्भीर टिप्पणी गरेका थिए।

प्रधानमन्त्री ओलीले देशको विकास र आर्थिक वृद्धिका लागि सबै राजनीतिक दल र निकायबीच साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए। “गम्भीर विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्छ, आरोप-प्रत्यारोप गरेर समाधान आउँदैन,” उनले थपे।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई रोक्न सरकार दृढ रहेको र यस्ता चुनौतीलाई सामूहिक प्रयासले मात्र जित्न सकिने उल्लेख गरे।

 

प्रतिकृया दिनुहोस्

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...