News Portal

समाजवादीसँग एकता खोज्दै प्रचण्ड, विप्लवलाई भने ‘नो इन्ट्री’

३६१ पटक

काठमाडौं, साउन १४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय पार्टीभित्रको असन्तोष र संसदमा दलको प्रभाव बढाउने रणनीतिमा लागेका छन्। यसकै सिलसिलामा उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पटक–पटक भेट गर्दै पार्टी एकताको प्रस्ताव अघि सारेका छन्। तर विप्लव नेतृत्वको नेकपासँग भने उनले एकता गर्न नचाहेको देखिएको छ।

गत शनिबार खुमलटारस्थित प्रचण्ड निवासमा भएको लामो भेटमा उनले अध्यक्ष नेपालसँग जतिसक्दो छिटो पार्टी एकता गर्ने इच्छा व्यक्त गरेका थिए। प्रचण्ड निकट स्रोतका अनुसार नेपालले भेटमा सकारात्मक प्रतिक्रिया दिँदै पार्टीका अन्य नेताहरूसँग सल्लाह गरेर पुनः छलफल बस्ने बताएका थिए।

तर आइतबार भएको दोस्रो भेटमा भने अध्यक्ष नेपालले तत्काल एकता गर्नुभन्दा कार्यगत सहकार्यबाट अघि बढ्ने प्रस्ताव राखे। उनले पार्टी एकता अहिले नै गरे कार्यकर्ताहरू पुनः एमालेमा फर्किने सम्भावना रहेको भन्दै केही समय प्रतीक्षा गर्नुपर्ने धारणा राखेका थिए। यस क्रममा समाजवादी मोर्चालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्नुपर्ने सुझाव पनि उनले प्रचण्डलाई दिएका थिए।

प्रचण्डको मुख्य दुई उद्देश्य

प्रचण्डले समाजवादीसँग एकता गर्न चाहनुको पहिलो कारण संसदमा आफ्नो दलको संख्यात्मक प्रभाव बढाउनु हो। एकीकृत समाजवादीसँग प्रतिनिधिसभामा ९ जना र राष्ट्रिय सभामा पनि ९ जना सांसद छन्। दोस्रो कारण भने माओवादी केन्द्रभित्र बढ्दो असन्तोष हो। उपमहासचिव जनार्दन शर्मा नेतृत्वको समूह खुलेरै रूपान्तरणको पक्षमा उत्रिएपछि प्रचण्ड दबाबमा परेका छन्। यसै कारण उनले समाजवादीसँग एकता गरेर त्यसलाई महाधिवेशनमा रूपान्तरण गर्ने योजना बनाएका छन्।

‘एकता गरेर महाधिवेशन गरेपछि प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने मागलाई तत्कालका लागि टार्न सकिन्छ,’ प्रचण्ड निकट एक नेताले हिमाली सञ्चारसँग बताए।

विप्लवलाई किन ‘नो इन्ट्री’?

पहिलो चरणमा माओवादी धारका सबै शक्तिलाई एक ढिक्का बनाउने चाहना राखेका प्रचण्ड अहिले भने विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने मनस्थितिमा छैनन्। उनका नजिकका नेताहरूका अनुसार जनार्दन शर्मा र विप्लवबीच पछिल्लो समय नजिकता बढेको आकलन गर्दै उनले विप्लवलाई पार्टीमा ल्याउँदा आफूलाई थप अप्ठ्यारो पर्न सक्ने ठानेका छन्।

‘विप्लव आएपछि शर्मा र विप्लव मिलेर पार्टीभित्र नयाँ संकट सिर्जना गर्न सक्ने संभावना अध्यक्षले देखेका छन्,’ प्रचण्ड निकट एक नेताले भने। साथै, यी दुवै नेता पछिल्लो समय प्रधानमन्त्रीसँग नजिकिएको बुझाइ पनि प्रचण्डको रहेको बताइएको छ।

अघिल्लो प्रयास टुंगो लाग्न सकेन

तीन वर्षअघि पनि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी भएको थियो। कार्यदल गठन गरेर प्रक्रिया अघि बढाइए पनि टुंगो लाग्नुअघि नै त्यो निष्क्रिय बनेको थियो। यसपटक भने प्रचण्डले माधव नेपालसँग प्रत्यक्ष छलफल गर्नुअघि नै उपाध्यक्ष कृष्णबहादुर महरालाई तयारीमा खटाएका थिए।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...