News Portal

प्रधानमन्त्री ओलीको कटाक्ष : ‘संसद बहिष्कार गर्नेहरू लोकतन्त्र विरोधी तरमार हुन्’

३१५ पटक

कैलाली, साउन १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गर्दै आएको विषयमा तीव्र असन्तुष्टि जनाउँदै ती दलहरूलाई व्यवस्थाविरोधी भन्दै कटाक्ष गरेका छन्। कैलालीको जानकी गाउँपालिका–९ स्थित कटासे सिँचाइ आयोजना उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नाम नलिई ती दलहरूलाई संसद, लोकतन्त्र र संविधानविरोधीको संज्ञा दिएका हुन्।

उनले संसद् भित्र निरन्तर विकास निर्माण र सरकारका कार्यविधिमाथि विरोध जनाउनेहरू कुनै बलिदान बिना राजनीतिमा भित्रिएको आरोपसमेत लगाए। “न जेलनेल भोगेका, न निर्वासनमा गएका, न यातना सहेका। तिनीहरूले ल्याएको होइन यो लोकतन्त्र, तर अहिले आएर व्यवस्थामा तरमारेजस्तै व्यवहार गरिरहेका छन्,” प्रधानमन्त्री ओलीको धारणा थियो।

प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिलाई लोकतान्त्रिक प्रणालीमै आघात पुर्‍याउने कार्यको रूपमा लिएका छन्। “उनीहरूले विरोध गर्नु कुनै आश्चर्यको कुरा होइन, किनभने तिनीहरू त खुलेरै लोकतन्त्र र संविधानको विरोधमा उत्रिएका छन्,” उनले भने।

रास्वपा र राप्रपाले पछिल्लो समय भिजिट भिसा प्रकरणको छानबिन तथा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसद् बहिष्कार गर्दै आएका छन्। तर प्रधानमन्त्री ओलीले तिनीहरूको बहिष्कारलाई अवसरवाद र अस्थिर चरित्रको संकेत भन्दै आलोचना गरे।

“लोकतन्त्र र संविधानमाथि आस्था नभएकाहरू नै आज विरोधको नाममा तरमार बन्ने प्रयत्न गरिरहेका छन्,” ओलीको कडा टिप्पणी थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...