News Portal

प्रधानमन्त्री ओलीको कटाक्ष : ‘संसद बहिष्कार गर्नेहरू लोकतन्त्र विरोधी तरमार हुन्’

२५९ पटक

कैलाली, साउन १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गर्दै आएको विषयमा तीव्र असन्तुष्टि जनाउँदै ती दलहरूलाई व्यवस्थाविरोधी भन्दै कटाक्ष गरेका छन्। कैलालीको जानकी गाउँपालिका–९ स्थित कटासे सिँचाइ आयोजना उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नाम नलिई ती दलहरूलाई संसद, लोकतन्त्र र संविधानविरोधीको संज्ञा दिएका हुन्।

उनले संसद् भित्र निरन्तर विकास निर्माण र सरकारका कार्यविधिमाथि विरोध जनाउनेहरू कुनै बलिदान बिना राजनीतिमा भित्रिएको आरोपसमेत लगाए। “न जेलनेल भोगेका, न निर्वासनमा गएका, न यातना सहेका। तिनीहरूले ल्याएको होइन यो लोकतन्त्र, तर अहिले आएर व्यवस्थामा तरमारेजस्तै व्यवहार गरिरहेका छन्,” प्रधानमन्त्री ओलीको धारणा थियो।

प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिलाई लोकतान्त्रिक प्रणालीमै आघात पुर्‍याउने कार्यको रूपमा लिएका छन्। “उनीहरूले विरोध गर्नु कुनै आश्चर्यको कुरा होइन, किनभने तिनीहरू त खुलेरै लोकतन्त्र र संविधानको विरोधमा उत्रिएका छन्,” उनले भने।

रास्वपा र राप्रपाले पछिल्लो समय भिजिट भिसा प्रकरणको छानबिन तथा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसद् बहिष्कार गर्दै आएका छन्। तर प्रधानमन्त्री ओलीले तिनीहरूको बहिष्कारलाई अवसरवाद र अस्थिर चरित्रको संकेत भन्दै आलोचना गरे।

“लोकतन्त्र र संविधानमाथि आस्था नभएकाहरू नै आज विरोधको नाममा तरमार बन्ने प्रयत्न गरिरहेका छन्,” ओलीको कडा टिप्पणी थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...