News Portal

अपेक्षापूर्तिमा कमजोरी, अब सुधार र सुदृढीकरणको बाटो : समाजवादी मोर्चा

२१२ पटक

काठमाडौं, साउन १३ – पछिल्लो समय जनताको विश्वास र कार्यकर्ताको अपेक्षाअनुसार गति लिन नसकेको भन्दै समाजवादी मोर्चाले आत्ममूल्यांकन गरेको छ। मंगलबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको बैठकले मोर्चाको हालसम्मको भूमिका समीक्षा गर्दै अबको यात्रामा कमजोरी सच्याएर अघि बढ्ने निर्णय गरेको छ।

बैठकमा सहभागी नेकपा (मसाल) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाले प्रारम्भिक रुपमा राजनीतिक उपस्थितिको हिसाबले उपलब्धि हासिल गरे पनि जनअपेक्षा पूरा गर्नमा चुकिएको स्वीकार गरे। “सैद्धान्तिक रूपमा मोर्चा सफल छ, तर केही यथार्थपरक सीमाहरू छन्,” उनले भने, “जनता र सहभागी दलका इमानदार कार्यकर्ताले गरेका आशा–अपेक्षालाई हामीले यथेष्ठ जवाफ दिन सकेनौं।”

उनले पछिल्लो समय मोर्चाप्रति उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिने बेला आएको स्पष्ट पारे। “यही कारणले मोर्चामाथि केही असहज प्रश्नहरू उठेका छन्,” उनले भने, “हामी अब ती कमजोरीहरूलाई निर्ममतापूर्वक सच्याउँदै मोर्चालाई फेरि जनअपेक्षासँग जोड्ने काममा लाग्नेछौं।”

मोर्चाले अबको चरणमा आफूलाई अझ सुदृढ बनाउँदै समाजवादी व्यवस्थातर्फ देशलाई डोहो¥याउने उद्देश्यसहित राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तित्वहरूसँग संवाद बढाउने तयारी गरेको छ। मोर्चाको मूल्यांकनमा अब ‘अभियान होइन, परिणाममुखी अभ्यास’ को समय आएको निष्कर्ष निस्किएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...