
२०८२ साउन ४ गते।
पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने इच्छा जाहेरले एमालेमा ठूलै शक्तिशाली भुकम्प गएको देखिन्छ। श्रावण १ गतेको मध्यरातको १२ बजेसम्म बसेको पोलिटब्युरो बैठकले दुईवटा सर्बसम्मत निर्माण गरेको कुरा बाहिर आएको छ।
१) सत्तरी बर्ष उमेर नाघेपछि सभापति हुन नपाईने प्रावधानलाई अनुमोदन गर्ने, हटाउने।
२) पूर्व राष्ट्रपति बिद्या भण्डारीलाई सकृय राजनितिमा फर्कन नदिने, कसैले पनि उनलाई उक्साउने काम बन्द गर्नुपर्ने।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उर्दि जारि भएको सुनियो। साथै उनलाई बढि आग्रह गर्नेमा परेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको निकै झापड खाएको कुरा पनि सुनियो। साथै उनको बरिष्ठ पद पनि खोसियो। उनको प्रवेशलाई रोक्नको लागि गठबन्धनका सहपाठी कांग्रेस सभापति र प्रधानमन्त्री ओलीबिच निकै गहन भलाकुसारि भएको कुराले बजारमा ठुलो चर्चा पायो।
“पहिला अरु देशको आन्तरिक मामलामा दखल नपुर्याउने चीन केही बर्ष यता निकै चलखेलमा सकृयता बढाएको बुझन गारो छैन। यसो भन्दा फरक नपर्ला “चीनले साईलेन्स डिप्लोम्यासिको क्रम भगं” गरेको पाइन्छ। उता सकृय राजनितिमा ल्याउन बिद्या भण्डारीलाई चीनले खेलेको भूमिका प्रति दक्षिणि मित्र राष्ट्र भारत र अमेरिका पनि अनभिज्ञ देखिदैनन्। भू-राजनितिक खेल मैदान बनेको नेपाल, दक्षिणको सन्देश आएपछिनै रातको १ बजेसम्म बसेको एमाले पोलिटब्युरो बैठकले भण्डारीलाई रोक्ने निर्णय गरेको हो भन्न गारो नपर्ला। अर्को तर्कबाट हेर्ने हो भने ओलीको खुराफाती चाल पनि नहोला भन्न सकिन्न।”
त्यस्तै बिद्यादेवी भण्डारीको आगमनलाई स्वागत गर्नेहरुको धुइरो पनि कम छैन। यो सबै भण्डारीको चीन भ्रमणपछि ह्वात्तै बढेको देखिन्छ। पहिला अरु देशको आन्तरिक मामलामा दखल नपुर्याउने चीन केही बर्ष यता निकै चलखेलमा सकृयता बढाएको बुझन गारो छैन। यसो भन्दा फरक नपर्ला “चीनले साईलेन्स डिप्लोम्यासिको क्रम भगं” गरेको पाइन्छ। उता सकृय राजनितिमा ल्याउन बिद्या भण्डारीलाई चीनले खेलेको भूमिका प्रति दक्षिणि मित्र राष्ट्र भारत र अमेरिका पनि अनभिज्ञ देखिदैनन्। भू-राजनितिक खेल मैदान बनेको नेपाल, दक्षिणको सन्देश आएपछिनै रातको १ बजेसम्म बसेको एमाले पोलिटब्युरो बैठकले भण्डारीलाई रोक्ने निर्णय गरेको हो भन्न गारो नपर्ला। अर्को तर्कबाट हेर्ने हो भने ओलीको खुराफाती चाल पनि नहोला भन्न सकिन्न। आफुबाट फुटेर गरेकाहरुलाई बिद्यामार्फत संगठित गर्दै बाम एकताबाट प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउने र ८४ सम्म आफु शक्तिशाली बन्नको लागि ओलीले नै भण्डारीलाई खटाइएको र आफ्नो बिरोधी देखाएर बिरोधिलाई समेट्न भण्डारीलाई चाल चल्न लगाएको नहोला भन्न सकिन्न। यो ओलीजीको खुराफाती दिमाग हो।
“राजनिति केवल सत्ताको वरिपरि मात्र सिमित छ। पूर्व राष्ट्रपति भण्डारीको के त्यस्तो विशेष क्षमता, अन्तर्राष्ट्रिय सन्तुलन मिलाउन सक्ने दक्षता देखिन्छ ? जस्ले यत्रा पार्टिहरुले गर्न नचाहेको काम उनीबाट सम्भव देखिन्छ। दुई पटक राष्ट्रपति भएको बेला सुशासनका लागि कस्तो भूमिका रह्यो ? भ्रष्टाचार निर्मूल गर्नका लागि आफ्नै प्रधानमन्त्रीलाई कडा निर्देशन किन दिइएन ? कार्यकारीमा आएपछि मात्र बिकृति, बिसंगति र अन्यायको अन्त हुन्छ भनेर कसरी सोच्ने ? बलात्कारका घटना बढेकै थियो। अब कुन जादुको छडी छ, उनीमा। उनै राष्ट्रपति हैन ओलीजीले संसद भंग गर्न असंवैधानिक तरिकाले लगेका बिधेयकहरु एक पल पनि नसोचिकन लालमोहर लगाउने। संसदमा पूर्ण बहुमत पक्ष हुदाहुदै अल्पमतमा परेका प्रधानमन्त्रीले लगेको बिधेयकमा हस्ताक्षर गरिदिएका कारण पार्टि फुटेको उदाहरण धेरै पुरानो भएको छैन।”
बिद्याको आगमनले नेपाली कांग्रेस भित्र पनि निकै चलखेल सुरु भएको देखिन्छ। नेपाली कांग्रेसले माओवादीसंग चुनावी गठबन्धन गर्यो। सरकारमा सहकार्य गरेर हेरिसक्यो, जस्को बिरोध हामि जस्ता कार्यकर्ताले गरेकै हो। जुन प्राकृतिक सिद्धान्त बिपरित थियो। त्यसमा नेपाली कांग्रेसको ईतर पक्षले पनि असन्तुष्टि व्यक्त गर्दै आएको हो। देशमा यति धेरै राष्ट्रिय समस्याहरु छन्। त्यतापट्टि कोसैको ध्यान जाँदैन। राजनिति केवल सत्ताको वरिपरि मात्र सिमित छ। पूर्व राष्ट्रपति भण्डारीको के त्यस्तो विशेष क्षमता, अन्तर्राष्ट्रिय सन्तुलन मिलाउन सक्ने दक्षता देखिन्छ ? जस्ले यत्रा पार्टिहरुले गर्न नचाहेको काम उनीबाट सम्भव देखिन्छ। दुई पटक राष्ट्रपति भएको बेला सुशासनका लागि कस्तो भूमिका रह्यो ? भ्रष्टाचार निर्मूल गर्नका लागि आफ्नै प्रधानमन्त्रीलाई कडा निर्देशन किन दिइएन ? कार्यकारीमा आएपछि मात्र बिकृति, बिसंगति र अन्यायको अन्त हुन्छ भनेर कसरी सोच्ने ? बलात्कारका घटना बढेकै थियो। अब कुन जादुको छडी छ, उनीमा। उनै राष्ट्रपति हैन ओलीजीले संसद भंग गर्न असंवैधानिक तरिकाले लगेका बिधेयकहरु एक पल पनि नसोचिकन लालमोहर लगाउने। संसदमा पूर्ण बहुमत पक्ष हुदाहुदै अल्पमतमा परेका प्रधानमन्त्रीले लगेको बिधेयकमा हस्ताक्षर गरिदिएका कारण पार्टि फुटेको उदाहरण धेरै पुरानो भएको छैन। नेपाली कांग्रेसका नेताहरुले बिद्या भण्डारीलाई कांध थाप्नु अगाडि राम्रोसंग सोच्न जरुरी छ।
“जनता मुक्ति चाहन्छन्। अनुहारै देख्न चाहदैनन्। तर त्यसको बिकल्प पूर्व राष्ट्रपति भण्डारी नै हो भन्ने होइन। एमाले पार्टिका लागि होला ! त्यो पनि एमालेले यो सम्बिधान मान्दैन भने। पूर्व राष्ट्रपतिलाई सकृय राजनितिमा भित्र्याउनु भनेको यो संबिधान नमान्नु हो। राष्ट्रपति संबिधानको रक्षक, सेनाधिपति भैसकेको ब्यक्त पुन: सकृय कार्यकारिमा स्थान दिनु भनेको भोलिका दिनमा गलत नजिरको स्थापित गर्नु हो। यो संबिधान नमान्ने जनताको संख्या बहुमत भैसकेको अबस्थामा १२ बूंदेले टिकाएको ब्यबस्था पार्टिहरुबाटै संबिधानको अन्त भएको जनाउंछ। त्यसैले यस्ता चलखेलबाट नेपाली कांग्रेसका केही निस्कलंकित नेताहरु होसियार हुन जरुरी छ।”
यसो भन्नुको मतलब प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापती देउबा, माओवादी अध्यक्ष प्रचण्ड ठिक छन्, उनिहरुले जे गरेका छन्, ठिक गरेका छन्, भन्ने कुरा हुदै होइन। आ-आफ्नै पार्टि भित्रका कार्यकर्ताहरु हुन या नेपाली जनता यी ३+२ नेताहरुबाट आजित भैसकेका छन्। यिनिहरुबाट जनता मुक्ति चाहन्छन्। अनुहारै देख्न चाहदैनन्। तर त्यसको बिकल्प पूर्व राष्ट्रपति भण्डारी नै हो भन्ने होइन। एमाले पार्टिका लागि होला ! त्यो पनि एमालेले यो सम्बिधान मान्दैन भने। पूर्व राष्ट्रपतिलाई सकृय राजनितिमा भित्र्याउनु भनेको यो संबिधान नमान्नु हो। राष्ट्रपति संबिधानको रक्षक, सेनाधिपति भैसकेको ब्यक्त पुन: सकृय कार्यकारिमा स्थान दिनु भनेको भोलिका दिनमा गलत नजिरको स्थापित गर्नु हो। यो संबिधान नमान्ने जनताको संख्या बहुमत भैसकेको अबस्थामा १२ बूंदेले टिकाएको ब्यबस्था पार्टिहरुबाटै संबिधानको अन्त भएको जनाउंछ। त्यसैले यस्ता चलखेलबाट नेपाली कांग्रेसका केही निस्कलंकित नेताहरु होसियार हुन जरुरी छ। सत्ताको क्षणिक लोभमा राजनैतिक भविष्य दाउमा पार्नु उचित होइन। आफ्नै पार्टि भित्र लोकतन्त्र बलियो बनाउदै विपी कोइरालाको मुल सिद्वान्त र मौलिकतामा पार्टिलाई फर्काउन सक्नु नै बुद्धिमानी हो। त्यहि नै आजको आबस्यकता पनि हो। त्यो शक्ति श्री पशुपतिनाथले प्रदान गरुन। जय नेपाल।