News Portal

पाकिस्तानमा १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या, अनुसन्धान जारी

हिमालीसंचार संवाददाता
३७८ पटक

इस्लामाबाद, जेठ २० — पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफलाई अज्ञात आरोपीले गोली हानी हत्या गरेको घटना सामाजिक संजालमा ठूलो सदमा र चिन्ता निम्त्याएको छ। प्रहरीका अनुसार, आरोपीले सनाको घरमा प्रवेश गरी खानतलासी गर्ने क्रममा सिधै उनको कोठामा गई गोली प्रहार गरेको बताइएको छ।

सोमबार साँझ भएको घटनामा, सनाकी आमाले प्रहरीमा उजुरी दर्ता गराएकी छन् जसमा भनिएको छ कि अचानक एक व्यक्ति घरमा छिरेर छातीमा दुई गोली हानेर भागेको थियो। घाइते सनालाई छिमेकीको सहयोगमा अस्पताल पुर्‍याइयो, तर चिकित्सकहरूले उनको मृत्यु भइसकेको पुष्टि गरेका छन्।

पक्राउका लागि प्रहरीले घटनास्थलबाट थुप्रै प्रमाणहरू संकलन गरिसकेको र छिट्टै आरोपीलाई पक्राउ गर्ने दाबी गरेको छ। सना युसुफ मूल रूपमा खैबर पख्तुनख्वाको चित्राल जिल्लाकी हुन् र उनको परिवार केही समयदेखि इस्लामाबादमा बस्दै आएको छ।

टिकटकमा करिब ८१ हजार फलोअर्स भएका सना युसुफको हत्या घटनाले डिजिटल युगमा युवाहरूको सुरक्षा र अभिव्यक्तिको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाएको छ। अनुसन्धान कार्य जारी छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...