News Portal

सिंहदरबारमा आज निर्णायक संवाद : ओली, देउवा र प्रचण्डको त्रिपक्षीय भेटवार्ता हुँदै

हिमालीसंचार संवाददाता
३४० पटक

काठमाडौं, जेठ १९ – राजनीतिक निकासको खोजीमा रहेका देशका तीन प्रमुख दलका शीर्ष नेताहरू आज सिंहदरबारमा निर्णायक संवादका लागि जुट्न लागेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार अपरान्ह भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुन लागेको यो त्रिपक्षीय भेटवार्ताले पछिल्लो समय संसद्‌मा देखिएको अवरोध अन्त्य गर्न सक्ने अपेक्षा गरिएको छ। संसद्‌को नियमित सञ्चालनमा अवरोध आएकै कारण देशको राजनीतिक गतिशीलता प्रभावित भइरहेको बेला तीनै शीर्ष नेताहरू आपसी छलफलमा जुट्न लागेका हुन्।

सूत्रका अनुसार, संसद्‌को गतिरोध फुकाउनुपर्ने साझा चासोले तीन नेताहरूलाई एउटै टेबलमा ल्याएको हो। यस भेटले राजनीतिक सहकार्य र विश्वास निर्माणको दिशामा पनि नयाँ संकेत दिन सक्ने आँकलन गरिएको छ।

देशको संवैधानिक प्रणालीलाई प्रभावकारी बनाउने र राजनीतिक दलहरूबीचको समन्वयलाई पुनः सशक्त तुल्याउने उद्देश्यले हुने भनिएको यो संवादमा मुलुकको समसामयिक राजनीतिक अवस्था, विधेयकको प्रक्रियागत अवरोध र नीति कार्यक्रममाथिको सहमति निर्माण जस्ता विषयमा पनि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

यसैबीच, प्रमुख दलहरूबीचको यो पहलले अवरुद्ध संसद्को तालाचाबी खोल्ने संकेत दिएको छ भने आम जनताले पनि अब राजनीतिक स्थायित्व र काम गर्ने सरकारको अपेक्षा गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...