News Portal

मनसुनपूर्व सर्तकता : गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा, विपद् तयारीबारे सातै प्रदेशबाट रिपोर्ट

हिमालीसंचार संवाददाता
१८५ पटक

काठमाडौं, जेठ १९ – असार नछुनै लाग्दा प्रकृतिले दिने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै गृहमन्त्री रमेश लेखक सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोक पुगे। मनसुन यस वर्ष अन्य वर्षभन्दा एक साता अघिनै भित्रिन सक्ने अनुमानबीच उनले विपद् व्यवस्थापनको तयारी अवस्थाबारे सूक्ष्म जानकारी लिएका छन्।

गृह मन्त्रालयअन्तर्गत शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख सहसचिव रामचन्द्र तिवारीका अनुसार गृहमन्त्री लेखकको उपस्थिति रहेको कार्यक्रममा सातै प्रदेशका सशस्त्र प्रहरी बाहिनीपतिहरूले आ-आफ्नो क्षेत्रको तयारी, चुनौती र अवस्थाबारे प्रत्यक्षरूपमा जानकारी दिएका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कालीदास धौवजीले विगतमा देखिएका कमजोरीबारे पनि समीक्षा गरिएको जानकारी दिए। “अघिल्ला वर्षका अनुभवहरूबाट सिक्दै, यसपटक कुनै खालको कमजोरी नहोस् भन्ने सन्देशसहित हामी अघि बढिरहेका छौँ,” प्रवक्ता धौवजीले बताए। उनका अनुसार सशस्त्र प्रहरी बलको कार्य विभाग अन्तर्गतको विपद् महाशाखाले प्राविधिक र कार्यान्वयन पक्षबारे विशेष प्रस्तुति पनि दिएको थियो।

सुरक्षा संयन्त्रको यो छलफल र समन्वयात्मक प्रयासमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा समेत सहभागी थिए। गत वर्ष काठमाडौं उपत्यकासहित विभिन्न स्थानहरूमा विपद् व्यवस्थापनमा गृह प्रशासनको तयारी कमजोर देखिएको भन्दै यस वर्ष त्यो कमजोरी दोहोरिन नदिने सन्देश गृहमन्त्री लेखकले दिएका छन्।

प्राकृतिक प्रकोपको उच्च सम्भावना हुने मनसुन यामलाई लक्षित गर्दै गृह मन्त्रालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच बढ्दो समन्वय र तत्परताले यसपालिको विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...