News Portal

मनसुनपूर्व सर्तकता : गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा, विपद् तयारीबारे सातै प्रदेशबाट रिपोर्ट

हिमालीसंचार संवाददाता
२२७ पटक

काठमाडौं, जेठ १९ – असार नछुनै लाग्दा प्रकृतिले दिने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै गृहमन्त्री रमेश लेखक सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोक पुगे। मनसुन यस वर्ष अन्य वर्षभन्दा एक साता अघिनै भित्रिन सक्ने अनुमानबीच उनले विपद् व्यवस्थापनको तयारी अवस्थाबारे सूक्ष्म जानकारी लिएका छन्।

गृह मन्त्रालयअन्तर्गत शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख सहसचिव रामचन्द्र तिवारीका अनुसार गृहमन्त्री लेखकको उपस्थिति रहेको कार्यक्रममा सातै प्रदेशका सशस्त्र प्रहरी बाहिनीपतिहरूले आ-आफ्नो क्षेत्रको तयारी, चुनौती र अवस्थाबारे प्रत्यक्षरूपमा जानकारी दिएका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कालीदास धौवजीले विगतमा देखिएका कमजोरीबारे पनि समीक्षा गरिएको जानकारी दिए। “अघिल्ला वर्षका अनुभवहरूबाट सिक्दै, यसपटक कुनै खालको कमजोरी नहोस् भन्ने सन्देशसहित हामी अघि बढिरहेका छौँ,” प्रवक्ता धौवजीले बताए। उनका अनुसार सशस्त्र प्रहरी बलको कार्य विभाग अन्तर्गतको विपद् महाशाखाले प्राविधिक र कार्यान्वयन पक्षबारे विशेष प्रस्तुति पनि दिएको थियो।

सुरक्षा संयन्त्रको यो छलफल र समन्वयात्मक प्रयासमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा समेत सहभागी थिए। गत वर्ष काठमाडौं उपत्यकासहित विभिन्न स्थानहरूमा विपद् व्यवस्थापनमा गृह प्रशासनको तयारी कमजोर देखिएको भन्दै यस वर्ष त्यो कमजोरी दोहोरिन नदिने सन्देश गृहमन्त्री लेखकले दिएका छन्।

प्राकृतिक प्रकोपको उच्च सम्भावना हुने मनसुन यामलाई लक्षित गर्दै गृह मन्त्रालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच बढ्दो समन्वय र तत्परताले यसपालिको विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...