News Portal

  • राजतन्त्रप्रति कांग्रेसको स्पष्ट अडान : ‘विगतले धोका दियो, अब त्यही बाटो फर्किन्नौं’

    हिमालीसंचार संवाददाता
    ११९ पटक

    काठमाडौं, जेठ १९ – सत्तारूढ नेपाली कांग्रेसले राजसंस्थाप्रति कुनैपनि मोह नरहेको प्रष्ट पार्दै, राजतन्त्र पुनर्स्थापना सम्भव नभएको दृढ अभिव्यक्ति दिएको छ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विगतमा राजसंस्थाबाट पटक–पटक धोका भोगिसकेको जनाउँदै अब त्यसै दिशातर्फ फर्किनु आत्मघाती हुने बताएका छन्।

    “हामीले अघिल्लो पटक संवैधानिक राजा स्वीकार गरेका थियौं, तर त्यसबाट पटक–पटक धोका खायौं। त्यसैले अब फेरि त्यही गल्ती दोहोर्याउने पक्षमा कांग्रेस छैन,” उनले भने। “राजतन्त्रको समर्थनमा उभिने कुनै आधार छैन, न त त्यसो गर्नु उपयुक्त ठानिन्छ।”

    डा. महतका अनुसार धर्म र संस्कृतिको संरक्षणबारे संविधानमा प्रस्ट व्यवस्था गरिएको छ र यस विषयमा आवश्यक परे भविष्यमा थप छलफल हुन सक्छ।

    उनले राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शन र अभिव्यक्तिका विषयमा पनि प्रस्ट धारणा राख्दै भने, “राजावादीलाई बोल्ने र प्रदर्शन गर्ने छुट छ, हामीले त्यसमा अवरोध गरेका छैनौं। तर संविधानको सीमा लाँघेर, गैरसंवैधानिक गतिविधि गरेर जुनसुकै कुरा थोपर्न खोजिए त्यो कदापि स्वीकार्य हुने छैन।”

    कांग्रेसको नेतृत्व तहबाट आएको यो स्पष्ट सन्देशले हालका दिनहरूमा राजसंस्थाको विषयलाई लिएर चलिरहेको बहसमा ठोस धारणा दिएको छ। विगतका अनुभवलाई आधार मानेर अब पुरानै गल्ती दोहोर्याउने स्थिति नरहेको कांग्रेसको औपचारिक अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहसको सुरुवातसमेत गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछानेलाई न्यूनतम सुविधा प्राप्त, कारागार सार्ने प्रक्रिया जारी : गृहमन्त्री लेखक

    काठमाडौँ, साउन २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा सबै कैदीले पाउने...

    प्रधानमन्त्री ओलीको व्यङ्ग्य: ‘भिजिट भिसामा गएर फर्किएको व्यक्ति भिजिट भिसाबारे प्रश्न गर्दैछ’

    काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोचक टिप्पणी गर्दै एक व्यक्तिमाथि प्रतिशोधको...

    पक्राउ परेका चक्रे मिलन राजनीतिक र सामाजिक अभियानमै संलग्न भएको दाबी

    काठमाडौं, साउन २८ – साउन १५ गते राजधानीको चक्रपथस्थित साम्बला होटलमा ठूलो संख्यामा युवासँग जन्मदिन...

    देशभरका कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, महिला भने क्षमता भित्रै

    – नेपालका कारागारहरूमा पुरुष बन्दीको संख्या क्षमता भन्दा ६७ प्रतिशतले बढी पुगेको छ भने महिलातर्फ...

    रवि लामिछानेलाई तत्काल काठमाडौं सार्नुपर्छ : अध्यक्ष लिङ्देनको सरकारलाई आग्रह

    बुटवल, साउन २८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि...