News Portal

  • कमल थापा पक्राउपछि लिङ्देनको घोषणा : अब निर्णायक लडाइँ सुरु हुन्छ

    हिमालीसंचार संवाददाता
    १११ पटक

    काठमाडौं, जेठ १८ – काठमाडौं उपत्यकामा जारी राजसंस्था पुनःस्थापनाको आन्दोलनले आज नयाँ मोड लिएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरीद्वारा पक्राउ परेपछि आन्दोलन झनै चर्किने संकेत देखिएको छ। सो घटनापछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कडा प्रतिक्रिया दिँदै अबको लडाइँ निर्णायक हुने उद्घोष गरेका छन्।

    राजधानीको नक्शाल र बालुवाटार क्षेत्रलाई घेरेर आज गरिएको प्रदर्शनमा सहभागी भइरहेका कमल थापा निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गर्दै उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले थापासहित अन्य तीन जना नेताहरुलाई पनि नियन्त्रणमा लिएको पुष्टि गरेको छ। यस घटनापछि आन्दोलनकारीहरु थप आक्रोशित बनेका छन्।

    प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीव्र आवाजमा भने, “अब हामी देशभरबाट साथीभाइलाई काठमाडौं बोलाउँछौं। विशेष लडाइँ भोलिबाट सुरु हुन्छ। हामी एकै ठाउँमा मात्र भेला हुँदैनौं, ५० ठाउँबाट निस्कन्छौं। कहाँ-कहाँ रोक्नुहुन्छ तपाईंहरू?”

    लिङ्देनले कमल थापालाई तत्काल ससम्मान रिहा नगरिए काठमाडौ उपत्यकालाई बन्द गरिने पनि स्पष्ट चेतावनी दिएका छन्। “कमल थापालाई अहिलेको अहिले यहीँ ल्याएर सम्मानसाथ फिर्ता नगरे राजधानी ठप्प पार्ने हाम्रो बाध्यता हुनेछ,” उनले घोषणा गरे।

    उनले आन्दोलनलाई कमजोर आँकलन नगर्न आग्रह गर्दै भने, “हाम्रो सहनशीलता हाम्रो कमजोरी होइन। यो राष्ट्र, धर्म र संस्कृतिको रक्षा गर्न हामी कत्तिपनि पछि हट्दैनौं।”

    यसैबीच राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दलहरू जेठ १५ गतेदेखि निरन्तर प्रदर्शनमा छन्। तिनीहरूको माग स्पष्ट छ—राजसंस्थाको पुनःस्थापना र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा। आन्दोलनमा सहभागी पक्षहरूले अबको चरण निर्णायक हुने भन्दै देशभरबाट जनसहभागिता बढाउने तयारी थालेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १६ गतेको राशिफल

    आज साउन १६, २०८२ (अगस्त १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    साउन १५ को मिठास सबै नेपालीका लागि होस् : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १५ – नेपाली जनजीवनको स्वादिलो संस्कार। यही दिनको विशेष अवसरमा आयोजित ‘स्रष्टा भेटघाट...

    ६ करोड अपचलनपछि ६ वर्षदेखि फरार सहकारी अध्यक्ष अशोक केसी अन्ततः भक्तपुरबाट पक्राउ

    रुपन्देही, साउन १५ – रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी, जो...

    जनकपुर खुकुरीकाण्ड : एकपछि अर्को ज्यान लिने रामबाबु फेरि प्रहरीको फन्दामा

    जनकपुरधाम, साउन १५ – एकपटक आफ्नै श्रीमतीको हत्या गरेर जेल बसेका सिरहा क्षिरेश्वरनाथ-९ इच्छापुर निवासी...

    ठमेल दोहोरी साँझ झगडा : ‘सानुभाइ’ सहित तीन जनालाई चार दिनको म्याद थप

    काठमाडौं, साउन १५ – राजधानीको पर्यटकीय क्षेत्र ठमेलस्थित ‘नगरकोट दोहोरी साँझ’ मा झगडा मच्चाएको अभियोगमा...