News Portal

रहेनन् सांगीतिक र साहित्यिक मुल्यांकनमा उचाइ बनाएका गणेश रसिक

हिमालीसंचार संवाददाता
१४९ पटक

काठमाडौं, जेठ १८ – नेपाली साहित्य, संगीत र सांस्कृतिक चेतनामा एक सशक्त हस्ताक्षरका रूपमा चिनिएका बहुआयामिक प्रतिभा गणेश रसिक अब रहेनन्। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत रहँदै आइतबार बिहान उनको निधन भएको पुष्टि भएको छ।

वि.सं. २००४ सालमा भोजपुरको छिनामखुमा जन्मिएका रसिक नेपाली साहित्य, संगीत र समाजका विविध आयाममा सशक्त उपस्थितिसहित उभिएका नाम थिए। केही समयदेखि प्रोस्टेट क्यान्सरबाट ग्रस्त उनी किमोथेरापी उपचारको प्रक्रियामा थिए।

संगीतकार बुलु मुकारुङका अनुसार लन्डनमा रहेकी रसिककी छोरी भोलि काठमाडौं आइपुग्ने भएकाले उनका पार्थिव शरीरलाई त्रिवि शिक्षण अस्पतालको शवगृहमा सुरक्षित राखिएको छ।

साहित्यकार प्रधुम्न जोशीले बिहान साढे ११ बजे रसिकको निधनको खबर प्राप्त भएको जनाउँदै गहिरो शोक व्यक्त गरेका छन्।

गणेश रसिकका सिर्जनाहरू नेपाली सांगीतिक जगत्मा मात्र सीमित थिएनन्, ती जनजीवनको अनुभूति र भोगाइसँग जोडिएका थिए। ‘ओ याङ्जी नाना’, ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ जस्ता गीतहरूले नेपाली श्रोताको मन जितेका थिए।

यतिमात्र होइन, उनको साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण थियो। ‘क्षितिजलाई छुन खोज्दा’ (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’ जस्ता कृति तथा पाँचवटा पुस्तकको स्मृति संग्रह ‘पेरुङ्गो’ मार्फत उनले आफ्ना अनुभव र दृष्टिकोण अभिव्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...