News Portal

रहेनन् सांगीतिक र साहित्यिक मुल्यांकनमा उचाइ बनाएका गणेश रसिक

हिमालीसंचार संवाददाता
१९८ पटक

काठमाडौं, जेठ १८ – नेपाली साहित्य, संगीत र सांस्कृतिक चेतनामा एक सशक्त हस्ताक्षरका रूपमा चिनिएका बहुआयामिक प्रतिभा गणेश रसिक अब रहेनन्। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत रहँदै आइतबार बिहान उनको निधन भएको पुष्टि भएको छ।

वि.सं. २००४ सालमा भोजपुरको छिनामखुमा जन्मिएका रसिक नेपाली साहित्य, संगीत र समाजका विविध आयाममा सशक्त उपस्थितिसहित उभिएका नाम थिए। केही समयदेखि प्रोस्टेट क्यान्सरबाट ग्रस्त उनी किमोथेरापी उपचारको प्रक्रियामा थिए।

संगीतकार बुलु मुकारुङका अनुसार लन्डनमा रहेकी रसिककी छोरी भोलि काठमाडौं आइपुग्ने भएकाले उनका पार्थिव शरीरलाई त्रिवि शिक्षण अस्पतालको शवगृहमा सुरक्षित राखिएको छ।

साहित्यकार प्रधुम्न जोशीले बिहान साढे ११ बजे रसिकको निधनको खबर प्राप्त भएको जनाउँदै गहिरो शोक व्यक्त गरेका छन्।

गणेश रसिकका सिर्जनाहरू नेपाली सांगीतिक जगत्मा मात्र सीमित थिएनन्, ती जनजीवनको अनुभूति र भोगाइसँग जोडिएका थिए। ‘ओ याङ्जी नाना’, ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ जस्ता गीतहरूले नेपाली श्रोताको मन जितेका थिए।

यतिमात्र होइन, उनको साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण थियो। ‘क्षितिजलाई छुन खोज्दा’ (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’ जस्ता कृति तथा पाँचवटा पुस्तकको स्मृति संग्रह ‘पेरुङ्गो’ मार्फत उनले आफ्ना अनुभव र दृष्टिकोण अभिव्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...