News Portal

झापामा खुकुरी प्रहार गरी श्रीमानको हातबाट श्रीमती को हत्या, श्रीमान पक्राउ

हिमालीसंचार संवाददाता
३४९ पटक

झापा, वैशाख २८ – झापाको कन्काई नगरपालिकास्थित सुकेडागी क्षेत्रमा एक हृदयविदारक घटना घटेको छ, जहाँ एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्।

३५ वर्षीय कविराज हेमरनले ३४ वर्षीया पत्नी पूजा हेमरन (विटी हेमरन) माथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीद्वारा पक्राउ परेका छन्। घटनास्थलमै पूजाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।

शनिबार राति उक्त घटना भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको टोलीले तत्कालै कविराजलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार आपसी विवादकै कारण उनले यस्तो जघन्य अपराध गरेको हुन सक्ने आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...