News Portal

नवलपुरमा नयाँ मोटरसाइकल किनेको केही घण्टामै दाजु–भाइको निधन

संगीता गुरुङ
३१९ पटक

बुटवल, वैशाख २८ – नवलपरासी पूर्व (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ स्थित लोकाहा जंगलमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकै घरका दाजु–भाइको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र उनका २१ वर्षीय भाइ ईश्वरी दर्लामीको घटनास्थलनजिकै ज्यान गएको हो। लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएपछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि तत्काल मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले अस्पताल पुग्नासाथ मृत घोषणा गरेका थिए।

स्थानीय जनप्रतिनिधि विष्णुवीर रानामगरका अनुसार सागर केही साताअघि मात्र भारतबाट बिदामा फर्किएका थिए। बिदामा फर्किएपछि उनले स्थानीय एक होटलमा काम सुरु गरेका थिए। शनिबार बिहान सागरले भाइ ईश्वरीलाई नयाँ मोटरसाइकल किनिदिएर उनीसँगै बजार घुम्न निस्किएका थिए। साँझपख घर फर्कने क्रममा लोकाहा जंगलमा उनीहरूको मोटरसाइकल दुर्घटनामा पर्‍यो।

पिता करीब १० वर्षअघि नै बितिसकेका दाजु–भाइलाई आमाले निकै कठिन परिस्थितिमा हुर्काएर र पढाएर अगाडि बढाएकी थिइन्। आर्थिक अवस्था कमजोर भएका कारण केही समयअघि मात्रै सामुदायिक वन उपभोक्ता समितिको पहलमा स्थानीय बासिन्दाको सहयोगमा उनीहरूको दुईधुर जग्गामा सानो घर निर्माण गरिएको थियो।

तर, नयाँ सुरुवातको सपना देख्दै गरेका यी दाजु–भाइको अकालमै ज्यान गएको खबरले गाउँभर शोकको छायाँ छाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...