News Portal

भारतबाट ठुलो मात्रामा लागुऔषध बरामद, एक जना पक्राउ

रबिन्द्र बराल
२११ पटक

मोरङ, वैशाख २५ – भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन लागिएको लागुऔषधसहित एक जना पक्राउ परेका छन्। भारतीय एसएसपीको टोलीले पक्राउ गरेको व्यक्ति भारतको पंकज कुमार मण्डल रहेको जनाएको छ।

पंकज कुमार केही वर्षअघि नेपालकाे रंगेली आसपासका केही क्लिनिकहरूमा कार्यरत रहेका थिए। भारतीय प्रहरीले जनाएको अनुसार उनी भारतमै बसेर नेपालका विभिन्न स्थानहरूमा लागुऔषध ओसारपसार गर्दै आएका थिए। साथै, उनले नेपालमा प्रतिवन्धित केही औषधिहरू पनि ल्याई सप्लाई गर्ने कार्यमा संलग्न रहेको खुलेको छ।

पक्राउ परेका मण्डल भारतबाट स्कुटर (BR 38 AM 7246) मा केही सामान बोकेर सिक्टी नाकाबाट नेपालतर्फ आउँदै थिए। त्यही क्रममा भारतीय एसएसपीको टोलीले उनलाई देखेपछि भाग्न खोज्दा नियन्त्रणमा लिएको हो। प्रहरीले उनकाे साथबाट ठुलो मात्रामा लागुऔषध बरामद गरेको जनाएको छ।

हाल उनलाई भारतको अररिया जिल्लाको सिकटी थाना अन्तर्गत राखिएको छ र थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...