News Portal

उत्तरकाशीमा हेलिकप्टर दुर्घटना : ६ जनाको ज्यान गयो, एकजना घाइते

हिमालीसंचार संवाददाता
२१६ पटक

भारत, वैशाख २५ – उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा बिहीबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्।

गंगानी क्षेत्रभन्दा अगाडि भएको सो दुर्घटनामा एक निजी कम्पनी ‘एरो ट्रिंक’को हेलिकप्टर संलग्न रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हेलिकप्टरमा सात जना यात्रु सवार थिए। दुर्घटनाको खबर पाएसँगै प्रहरी प्रशासन तथा विपद् व्यवस्थापन टोली तुरुन्तै घटनास्थलतर्फ गएको थियो र उद्धार कार्यमा खटिएको थियो।

हाल उत्तराखण्डमा चारधाम यात्रा सुरु भएकाले तीर्थयात्रीहरूको ठूलो भीड ती क्षेत्रहरूमा देखिएको छ। केदारनाथ, बद्रीनाथ, गंगोत्री र यमुनोत्री दर्शन गर्न हजारौँ यात्रुहरू पुगिरहेका छन्। यात्रा सहज बनाउने उद्देश्यले हेलिकप्टर सेवाको प्रयोग व्यापक भइरहेको छ।

यसैबीच, पछिल्लो केही दिनदेखि उत्तराखण्डमा मौसम प्रतिकूल बन्दै गएको छ। भारतीय मौसम विभागले देहरादून, उत्तरकाशी, चमोली, रुद्रप्रयाग, टिहरी, पौरी, नैनीताल र चम्पावत जिल्लामा हल्कादेखि मध्यम वर्षा, मेघगर्जन र तेज हावाहुरीको सम्भावना रहेको चेतावनी दिएको छ।

गत सोमबार पनि खराब मौसमकै कारण बद्रीनाथबाट देहरादूनतर्फ गइरहेको अर्को हेलिकप्टरले गोपेश्वरको खेल मैदानमा आकस्मिक अवतरण गर्नु परेको थियो। त्यस क्रममा अवतरणस्थलमा गाडी पार्क गरिएको हुँदा हेलिकप्टरले मैदानतर्फ मोडेर केहीबेर विश्राम गरेर पुनः देहरादूनका लागि प्रस्थान गरेको थियो।

दुर्घटनाबारे विस्तृत विवरण सार्वजनिक भइनसके पनि मौसमका कारण हेलिकप्टर उडानहरूमा जोखिम बढिरहेको देखिएको छ। तीर्थयात्रीहरूलाई सतर्क रहन तथा मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा तय गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...