News Portal

समाचारको प्रभाव

रबिन्द्र बराल
१७५२ पटक

मोरङ, वैशाख २५ – सुनवर्सी नगरपालिका–५ स्थित गुहासमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेव र जुगनी देवी ऋषिदेवको गरिबीका कारण छोराछोरीलाई पठनपाठन गराउन समस्या परेको समाचार गत सोमबार एभिन्युज टेलिभिजन, हिमाली सञ्चार, रंगेली अपडेट, हाम्रो प्यारो देश नेपाल लगायत विभिन्न अनलाइन मिडियामा सम्प्रेषण भएपछि सहयोगी दाताहरूले सहयोग गरेका छन्।

रंगेली क्लबका उपाध्यक्ष तथा रंगेली–७ निवासी हाल वैदेशिक रोजगारीका सिलसिलामा जापानमा रहेका आकाश साहले उक्त परिवारकी जेठी छोरी अर्चना ऋषिदेवलाई विद्यालय जान घरबाट ४ किलोमिटर टाढा परेकाले आउजाउ सहज होस् भनेर साइकल हस्तान्तरण गरेका छन्।

अर्चनाले घरमा साइकल किनिदिन अनुरोध गरेकी थिइन्। तर, घरमा अहिले दुई छाक टार्न समेत समस्या भएको र घरसमेत चारैतिरबाट भत्किएको अवस्थामा रहेको हुँदा निकै समस्या परेको अर्चनाकी आमाले बताइन्। उनले छोराछोरीका लागि लुगा, कपी, कलम किन्न समेत आर्थिक अभाव रहेको उल्लेख गरिन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...