News Portal

  • ‘अपरेसन सिन्दुर’ मार्फत भारतको कारबाही, मसूद अजहरको परिवारको मृत्यु

    हिमालीसंचार संवाददाता
    २१४ पटक

    काठमाडौं, वैशाख २४ – २५ वर्षअघि काठमाडौंबाट अपहरणमा परेको ‘आइसी–८१४’ विमान काण्डसँग जोडिएका कट्टर आतङ्ककारी मसूद अजहर फेरि चर्चाको केन्द्रमा आएका छन्। बुधबार बिहान भारतले पाकिस्तानको विभिन्न आतङ्ककारी क्याम्पहरूमा गरेको लक्षित सैन्य कारबाहीपछि मसूदका परिवारका सदस्यहरू मारिएको दाबी उनले स्वयं गरेका छन्।

    अत्यन्तै संवेदनशील मानिएको यस कारबाहीलाई भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उक्त कारबाही जम्मु–कश्मीरको पहलगाममा गत अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो। उक्त आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।

    मसूद अजहरले सार्वजनिक गरेको वक्तव्यमा पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा उनका कम्तीमा १० जना परिवारका सदस्य र चार जना नजिकका सहयोगीको ज्यान गएको उल्लेख गरिएको छ। मारिएकामध्ये उनकी दिदी, भिनाजु, भतिजा, भतिजाकी पत्नी, भतिजी र पाँच बालबालिका रहेको उल्लेख छ।

    भारतीय सेनाले पाकिस्तान र त्यहाँ नियन्त्रित कश्मीरमा रहेका नौवटा आतङ्कवादी तालिम केन्द्रमा हमला गरेको दाबी गरेको छ। ती क्याम्पहरू जैश–ए–मोहम्मद, लश्कर–ए–तैयबा र हिज्बुल मुजाहिद्दिनसँग जोडिएका थिए।

    यसबीच पाकिस्तानले पनि भारतीय आक्रमणको जवाफ दिने चेतावनी दिँदै भारतका पाँच लडाकू विमान खसालेको दाबी गरेको छ। तीमध्ये तीन वटा फ्रान्समा निर्मित राफेल र दुई वटा रुसी लडाकू जहाज रहेको बताइएको छ। तर भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

    दुवै देशका सीमावर्ती क्षेत्रका विद्यालय बन्द गरिएका छन् भने हवाई यातायातसमेत प्रभावित भएको छ। एसियाका थुप्रै विमान कम्पनीहरूले युरोपतर्फका उडान रद्द गरेका छन्।

    अन्तर्राष्ट्रिय प्रतिक्रिया पनि चुलिँदै गएको छ। संयुक्त राष्ट्रसंघले संयम अपनाउन आग्रह गरेको छ भने चीनले कारबाहीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अमेरिकाले घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ।

    भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर लगायतले सामाजिक सञ्जालमार्फत ‘अपरेसन सिन्दुर’लाई आतंकवादविरुद्धको निर्णायक कदम भनेका छन्।

    स्मरण रहोस्, सन् १९९९ मा काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको ‘आइसी–८१४’ जहाज अपहरणमा परेपछि भारतले तीन जना आतङ्ककारी रिहा गर्‍यो। रिहा गरिएका मध्ये मसूद अजहरले नै पछि गएर जैश–ए–मोहम्मद आतङ्ककारी संगठनको स्थापना गरेका थिए, जसले भारतमा थुप्रै आतङ्ककारी हमलाहरू गरिरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...