News Portal

वडाध्यक्षको दुर्व्यवहारले पोखरा महानगरमा तनाव, कर्मचारी र व्यवसायी आन्दोलित

हिमालीसंचार संवाददाता
२५२ पटक

पोखरा, वैशाख २४ – पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको हातपातले मंगलबार पोखरा तातेको छ। सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्तो अभद्र व्यवहार भएपछि व्यवसायी र कर्मचारीहरू आक्रोशित भएका छन्।

फुटपाथमा व्यापार गर्दै आएका व्यवसायी लेखनाथ सुवेदीमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेपछि स्थिति तनावग्रस्त बनेको हो। सुवेदीले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा औपचारिक उजुरी दर्ता गरेका छन्। घटनापछि उनी सम्पर्कविहीन बनेका छन्, जसले परिस्थिति झनै जटिल बनाएको छ।

व्यवसायीहरू आक्रोशित हुँदै वडा कार्यालय घेराउ गर्दै नारा जुलुसमा उत्रिए। उनीहरूले वडाध्यक्ष पराजुलीमाथि तत्काल कारबाहीको माग गर्दै उग्र रूप देखाए।

यति मात्र होइन, त्यही दिन वडाध्यक्ष पराजुलीले पोखरा महानगरपालिकाका प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोखरेलमाथि समेत हातपात गरेको महानगर स्रोतले पुष्टि गरेको छ। एक कर्मचारीका अनुसार पराजुलीले पोखरेलको कठालो समात्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेका थिए।

यस घटनापछि महानगरभित्रका कर्मचारी संगठनहरू एकजुट हुँदै आन्दोलित बनेका छन्। स्थानीय तह कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठनलगायतका नेतृत्वहरूले संयुक्त रूपमा उपमेयर मञ्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

पत्रमा भनिएको छ, “घटनामा संलग्न व्यक्तिमाथि २४ घन्टाभित्र कानुनअनुसार कडा कारबाही गरिएन भने वैशाख २४ बाट महानगरपालिकाका सम्पूर्ण कार्यालयहरू ठप्प पारेर संघर्षमा उत्रिने जानकारी गराउँछौं।”

पोखरा महानगरमा जनप्रतिनिधिको गैरजिम्मेवार र दमनकारी प्रवृत्तिविरुद्ध आवाज उठ्न थालेको छ। कर्मचारी तथा व्यवसायीहरू संयुक्तरूपमा अन्यायविरुद्ध उभिन थालेका छन्। अहिलेको अवस्थामा निष्पक्ष छानबिन, पारदर्शी कानुनी प्रक्रिया र दोषीमाथि कारबाही आवश्यक देखिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...