News Portal

  • वडाध्यक्षको दुर्व्यवहारले पोखरा महानगरमा तनाव, कर्मचारी र व्यवसायी आन्दोलित

    हिमालीसंचार संवाददाता
    १६५ पटक

    पोखरा, वैशाख २४ – पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको हातपातले मंगलबार पोखरा तातेको छ। सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्तो अभद्र व्यवहार भएपछि व्यवसायी र कर्मचारीहरू आक्रोशित भएका छन्।

    फुटपाथमा व्यापार गर्दै आएका व्यवसायी लेखनाथ सुवेदीमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेपछि स्थिति तनावग्रस्त बनेको हो। सुवेदीले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा औपचारिक उजुरी दर्ता गरेका छन्। घटनापछि उनी सम्पर्कविहीन बनेका छन्, जसले परिस्थिति झनै जटिल बनाएको छ।

    व्यवसायीहरू आक्रोशित हुँदै वडा कार्यालय घेराउ गर्दै नारा जुलुसमा उत्रिए। उनीहरूले वडाध्यक्ष पराजुलीमाथि तत्काल कारबाहीको माग गर्दै उग्र रूप देखाए।

    यति मात्र होइन, त्यही दिन वडाध्यक्ष पराजुलीले पोखरा महानगरपालिकाका प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोखरेलमाथि समेत हातपात गरेको महानगर स्रोतले पुष्टि गरेको छ। एक कर्मचारीका अनुसार पराजुलीले पोखरेलको कठालो समात्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेका थिए।

    यस घटनापछि महानगरभित्रका कर्मचारी संगठनहरू एकजुट हुँदै आन्दोलित बनेका छन्। स्थानीय तह कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठनलगायतका नेतृत्वहरूले संयुक्त रूपमा उपमेयर मञ्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

    पत्रमा भनिएको छ, “घटनामा संलग्न व्यक्तिमाथि २४ घन्टाभित्र कानुनअनुसार कडा कारबाही गरिएन भने वैशाख २४ बाट महानगरपालिकाका सम्पूर्ण कार्यालयहरू ठप्प पारेर संघर्षमा उत्रिने जानकारी गराउँछौं।”

    पोखरा महानगरमा जनप्रतिनिधिको गैरजिम्मेवार र दमनकारी प्रवृत्तिविरुद्ध आवाज उठ्न थालेको छ। कर्मचारी तथा व्यवसायीहरू संयुक्तरूपमा अन्यायविरुद्ध उभिन थालेका छन्। अहिलेको अवस्थामा निष्पक्ष छानबिन, पारदर्शी कानुनी प्रक्रिया र दोषीमाथि कारबाही आवश्यक देखिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...