News Portal

राक्सिराङमा बोलेरो जिप दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था चिन्ताजनक

हिमालीसंचार संवाददाता
२१२ पटक

हेटौंडा, वैशाख २४ – मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–९, अठारे भन्ने स्थानमा आज बिहान एक बोलेरो जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।

खैराङबाट मनहरीतर्फ गइरहेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा पुगेको टोलीले तत्कालै उद्धार कार्य गरी सबै घाइतेहरूलाई नजिकैको मनहरी अस्पतालमा पुर्‍याएको हो।

प्राप्त जानकारी अनुसार घाइते ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परेका घाइतेहरूमध्ये १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी करिब ७० वर्षीया श्रीमती फुलमाया घलान गम्भीर घाइते भएका हुन्। फुलमायाको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

यस्तै, ३८ वर्षीय रुपबहादुर राउत, ४८ वर्षीय दीपक खड्का, ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ पनि घाइते भएका छन्। सूर्य अधिकारीको हातमा र कुमार तामाङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ भने सुजन तामाङको अवस्था सामान्य रहेको बताइएको छ।

घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...