News Portal

राक्सिराङमा बोलेरो जिप दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था चिन्ताजनक

हिमालीसंचार संवाददाता
३४१ पटक

हेटौंडा, वैशाख २४ – मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–९, अठारे भन्ने स्थानमा आज बिहान एक बोलेरो जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।

खैराङबाट मनहरीतर्फ गइरहेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा पुगेको टोलीले तत्कालै उद्धार कार्य गरी सबै घाइतेहरूलाई नजिकैको मनहरी अस्पतालमा पुर्‍याएको हो।

प्राप्त जानकारी अनुसार घाइते ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परेका घाइतेहरूमध्ये १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी करिब ७० वर्षीया श्रीमती फुलमाया घलान गम्भीर घाइते भएका हुन्। फुलमायाको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

यस्तै, ३८ वर्षीय रुपबहादुर राउत, ४८ वर्षीय दीपक खड्का, ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ पनि घाइते भएका छन्। सूर्य अधिकारीको हातमा र कुमार तामाङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ भने सुजन तामाङको अवस्था सामान्य रहेको बताइएको छ।

घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...