News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    हिमाली संचार संवाददाता
    ८७० पटक

    रबिन्द्र बराल
    यतिबेला देशभर नै धान पाकेर खेत पहेंलपुर भएको छ। खेतबारीमा अहिले बालबालिका देखि बृद्धबृद्धा हरु समेत धान काटन र धान माडन ब्यस्त हुन थालेका छन । कृषि प्रधान देश नेपालमा कार्तिक र मंसिर महिनामा किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको देख्न सकिन्छ। पराम्परगत रुपमा हलो जोतेर खेतिगर्दै आएका मोरङका किसानहरु यस बेला कृषि यान्त्रिकरणको प्रयोग बढि गर्ने गरेका छन ।

    यान्त्रिकरणको प्रयोग वढेसंगै कृषिप्रति आर्काषण समेत वढ्न थालेको छ । नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ । नेपालमा लगाइने बालिहरुमध्ये धान प्रमुख बालिमा पर्दछ । धान नै प्रमुख खाद्यान्न बाली भएकोले खाद्य सुरक्षामा धानखेतीको ठूलो महत्व रहेको छ ।

    मौसम अनुसार तराईमा चैते, बर्खे, भदैया, घैया, हिउँदे धानको खेती हुने गरेको छ । संघिय र स्थानिय सरकारले वजेट मार्फत किसानलाई सिचाइका लागी वोरिङ पम्पसेट खेत जोत्ने र मकै छर्ने र धान रोप्ने र धान काटने मेशिनमा अनुुदान दिएपछि कृषि यान्त्रिकरणको प्रयोग वढेको हो ।

    नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला भनेर मोरङ र झापा भनेर चिनिन्छ । झापालाई धान उत्पादनको सुपरजोन क्षेत्रसमेत घोषणा गरिएको छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ पनि नेपालमै पर्दछ जुन जुम्ला जिल्लाको छुमचौर हो । किसानहरुले जोताई देखी खेत रोपाई र वालि कटाई सम्म किसानहरुले मेशिनको माध्यमबाट गर्ने गरेको पाइन्छ ।

    मंसिर महिना शुुरु भएसंगै प्रायसवै किसानले यस पटक धान काटन मेशिन प्रयोग गरिरहेका छन । समयमा धान घरमा थन्काउन पाइने र झझंटपनि नहुुने भएकाले धान काट्न कम्पान नामक मेशिनको प्रयोग वढेको हो । यस्तोखालको मेशिन चितवनवाट किशानले ल्याएर मोरङका खेतवारीमा प्रयोग गरेको पाइन्छ । ठुुलो आकारको मेशिनले एक घण्टामा दुुई विघा धान काटेर मेशिनलेनै धान दाउनि गरेर खेतवाटै किसानले घरमा धान भित्राउनेे गरेका छन ।

    रंगेली नगरपालिका–७ का किसान असोक मण्डलले भने यो मेशिनको प्रयोग वढदै गएको बताए । विगतमा मंसिर लागेपछि काटन शुुरु गरेको धान भित्राउन दुुई हप्ता लाग्ने गरेकोमा यस पटक मेशिनको प्रयोगगर्दा धान काटेको दुुई घन्टामा घरमा धान भित्रााएको उनले बताए ।

    त्यसैगरी किशान जसोदा मण्डलले दुुई विघा जग्गामा पहिलो पटक धान काट्न मेशिन प्रयोग गर्दा आफुुलाई सहज भएको बताए।

    पहिलो मजदुुर समेत नपाउदा पाकेको धान खेतमै झर्ने अवस्था थियो भने यस पटक मेशिनका प्रयोगले धानपनि समयमा काटिने र समयमै विक्रिगर्न पाइने उनले बताईन । मेशिन प्रयोगले खेतमा धान रहिरहने र गोरु लगाएर धान दाउनिगर्ने समय धेरै लाग्ने गरेको थियोे भनेे अहिले मसिन अाएपछि सहज भएको बताए । मजदुुरको समस्या भइरहेको अवस्थामा यस्ता प्रविधि सवैतिर विस्तार गर्नेतर्फ राज्यको ध्यान जानुुपर्ने किसानहरु वताउछन ।

    सुुनवर्सीि नगरपारिलिका र रंगेली नगरपालिकाले रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका लगायतका कृषकहरु प्राविधिकयुुक्त यस्ता मेशिनको अाकर्सण प्रयोग वढेको छ । रंगेली ७ का हरिशंकर पासवानले भने घान राेप्ने समयमा अाफुहरुलाई धेरै खुसामत गर्ने गर्दछन । फुर्सद छैन भन्दा समेत १० दिन पछि राेपिदिनु भनेर भन्छन र पर्खिने समेत गर्दछन ।

    अहिले हरेक प्रकारको धान काटने मिसिन अाएपछि अाफुहरुलाई साेधन पनि नअाउने गरेको र अब घर परिवार कसरी पाल्नु भन्दै दुखेसाे पाेखेे । उनि जस्ता सयौं गरिवहरुकाे राेजि राेटिनै खाेसिएकाे छ । उनी हरुले घान काटदा सुरुमा धान काटने, धान छाेप्ने र घर मालिकहरुकाे घरसम्म पुगाउने र खेतमा रहेको पराल समेत पुर्याउनु पर्ने र धान दावनि गरेर मालिक लाई जिम्मा लागउदा अाफु हरुलाई ४० केजी धान काे साहु हरुले ८ केजि मात्रै अाफ्नाे राेजि दिने गरेको समेत बताए ।

    धेरै मेहनत भएता पन अाफुहरुलाई भने कम ज्याला दिने गरेको समेत बताए। धान विश्वकै एक प्रमुख अन्न बाली पनि हो। विश्वको जनसङ्ख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो। विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गर्छ। सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो। ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ। उत्पादनको आधा एसियामै खपत हुने गरेको छ ।

    संसारमा ४० हजारभन्दा बढी प्रजातिका धानहरु समेत पाइन्छन् । विज्ञहरुका अनुसार चामलमा प्रशस्त मात्रामा कार्बोहाड्रेड पाइने, चिल्लो पदार्थ नगण्य रुपमा भएको र मुटुरोग लगाउने कोलेस्ट्रोल तत्व नभएको, सोडियम तत्व कम भएको कारणले स्वाथ्यबर्धक पनि मानिन्छ ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...