News Portal

धनकुटामा यात्रुबाहक बस दुर्घटना : एक वृद्धाको मृत्यु, १४ यात्रु घाइते

हिमालीसंचार संवाददाता
२५७ पटक

धनकुटा, वैशाख १२ – धरानबाट भोजपुरतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान धनकुटा नगरपालिका–६ को गोठगाउँस्थित कोशी लोकमार्गमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्।

१ ख २१७७ नम्बरको टाटा बस बिहान करिब १०:१५ बजे अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। गम्भीर घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ। बाँकी अन्य घाइतेहरूको समेत जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।

दुर्घटनामा परेका अन्य यात्रुहरूमा भोजपुर षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ र अनमोल तामाङ, सुनसरी बराहक्षेत्र–२ का कृष्ण राउत, धरान उपमहानगरपालिका–१३ का बस चालक रुद्र तामाङ, भोजपुर पौवादुङमा–३ का गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ की सविना बराइली र देवी टविक, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का हंशबहादुर राई, षडानन्द–११ की कापुर्णमाया तामाङ, सोही ठाउँका लिलाबहादुर श्रेष्ठ, इटहरीका आयुष राई तथा धनकुटा–६ का धनकुमार विक र दीर्घमाया राई रहेका छन्।

बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण अनियन्त्रित भई बस सडकबाट तल खसेको हुन सक्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...