News Portal

  • धनकुटामा यात्रुबाहक बस दुर्घटना : एक वृद्धाको मृत्यु, १४ यात्रु घाइते

    हिमालीसंचार संवाददाता
    १६२ पटक

    धनकुटा, वैशाख १२ – धरानबाट भोजपुरतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान धनकुटा नगरपालिका–६ को गोठगाउँस्थित कोशी लोकमार्गमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्।

    १ ख २१७७ नम्बरको टाटा बस बिहान करिब १०:१५ बजे अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। गम्भीर घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ। बाँकी अन्य घाइतेहरूको समेत जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।

    दुर्घटनामा परेका अन्य यात्रुहरूमा भोजपुर षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ र अनमोल तामाङ, सुनसरी बराहक्षेत्र–२ का कृष्ण राउत, धरान उपमहानगरपालिका–१३ का बस चालक रुद्र तामाङ, भोजपुर पौवादुङमा–३ का गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ की सविना बराइली र देवी टविक, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का हंशबहादुर राई, षडानन्द–११ की कापुर्णमाया तामाङ, सोही ठाउँका लिलाबहादुर श्रेष्ठ, इटहरीका आयुष राई तथा धनकुटा–६ का धनकुमार विक र दीर्घमाया राई रहेका छन्।

    बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण अनियन्त्रित भई बस सडकबाट तल खसेको हुन सक्ने देखिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गल्ति भयो भनेर मात्र पुग्दैन सच्याउन सक्नुपर्छ

    – कमला थापा २०८२ मंसिर ३ गते। ३६ बर्षसम्म सत्ताको राजनिति गर्नेहरुले आज मूलुकमा पुर्याएको...

    सिमरामा एमाले नेताहरूलाई विमानस्थलबाट रोकिँदा ओलीको आपत्ति, पार्टीले प्रतिवाद गर्ने चेतावनी

    काठमाडौं, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरामा आयोजना हुने कार्यक्रममा आफ्नो पार्टीका...

    भक्तपुरमा स्कुल भ्यानले सामुदायिक कुकुरलाई ठक्कर, एकको मृत्यु

    भक्तपुर, मंसिर ३ – भक्तपुर ठिमीस्थित एमिनिटी इङ्लिस सेकेन्डरी स्कुलको भ्यानले सोमबार बिहान कागेश्वरी मनोहरा...

    केपी ओलीले सरकारसँग दुर्गा प्रसाईँ पक्राउबारे स्पष्ट जवाफ मागे

    काठमाडौं, मंसिर ३ – नेकपा एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईँको पक्राउबारे सरकारसँग स्पष्ट जवाफ...