News Portal

तीनकुने घटना: दुर्गा प्रसाईँसहित ७ जनाविरुद्ध ज्यान मुद्दा दर्ताको तयारी, बाँकी अनुसन्धानका लागि पाँच दिनको म्याद थप

संगीता गुरुङ
३०२ पटक

काठमाडौं, वैशाख २२ – तीनकुनेमा केही समयअघि घटेको हिंसात्मक घटनालाई लिएर प्रहरीले व्यवसायी दुर्गा प्रसाईँसहित सात जनाविरुद्ध ज्यान मुद्दा दर्ताको तयारी थालेको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान आवश्यक रहेको भन्दै अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

प्रहरीका अनुसार चैत १५ गते घटेको सो घटनामा संलग्न ठहर गर्दै प्रसाईँसहित सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी), सरोज गौतम (तारा राजावादी), हरिहर चौलागाईँ, गोकर्ण शाही, दण्डपाणि रेग्मी र हेमराज थारु पक्राउ परेका हुन्। घटनाबारे अझै प्रत्यक्षदर्शीहरूका बयान, कागजात संकलन, फरार रहेका व्यक्तिको खोजी तथा अन्य प्रमाणहरू जुटाउने १९ वटा अनुसन्धान कार्य बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

यसअघि जिल्ला अदालत काठमाडौंले वैशाख १० गते र १५ गते दुईपटक म्याद थप गर्दै अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो। पछिल्लोपटक पुनः पाँच दिनको म्याद थप गरिएको हो। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा वादीतर्फबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बहस गरे। प्रतिवादीपक्षबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराई र डा. सुरेन्द्र भण्डारीले प्रतिवादन प्रस्तुत गरेका थिए।

अदालतको आदेशमा उल्लेख भएअनुसार हालसम्म केही प्रतिवादीहरूको बयान, घटनासँग सम्बन्धित भिडियो विश्लेषण, समय तालिका निर्माण, फरार प्रतिवादीको खोजी र सम्बन्धित निकायहरूसँगको पत्राचार लगायतका प्रक्रिया अघि बढाइएको छ। तर, केही महत्त्वपूर्ण अनुसन्धान कार्यहरू अझै अपूरा रहेकाले अदालतले थप समय दिनु परेको हो।

यसैबीच, क्यान्सर सर्भाइभर दुर्गा प्रसाईँले स्वास्थ्य उपचारका लागि साधारण तारिख वा हाजिर जमानीमा छाड्न माग गरेका थिए। तर अदालतले उनीमाथि लागेको ज्यान सम्बन्धी अभियोगमा बयान लिन बाँकी रहेको भन्दै उक्त निवेदन अस्वीकार गरेको छ। यद्यपि, उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपचारको प्रबन्ध मिलाउन पूर्वको आदेशलाई निरन्तरता दिइएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...