News Portal

नवलपरासीमा चार महिनाको बालकमाथि आमाबुवाको हिंसा, उपचारको क्रममा निधन

हिमालीसंचार संवाददाता
१९७ पटक

वैशाख ९, मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा एक हृदयविदारक घटना घटेको छ, जहाँ आफ्नै आमाबुवाको दुर्व्यवहारका कारण चार महिनाको नाबालकले ज्यान गुमाउनुपरेको छ।

स्थानीय बासिन्दा दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गएराति मादक पदार्थ सेवन गरेको अवस्थामा आफ्ना नाबालक छोरालाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते बनेको बालकलाई घरको बरन्डामा छाडिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए। उनीहरुले तत्काल शिशुलाई रामपुर अस्पताल, पाल्पा पुर्‍याए पनि उपचारका क्रममा नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले जानकारी दिनुभयो।

घटनापछि शिशुका बाबु २१ वर्षीय दीपेन्द्र परियार र ३५ वर्षीया आमा कमला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, कमला परियार केही वर्षअघि दीपेन्द्रसँग दोस्रो विवाह गरेर बसेकी हुन् भन्ने स्थानीय स्रोतले जानकारी दिएका छन्।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तो हृदयविदारक घटनाले गाउँसमुदायमा समेत गहिरो चोट पुर्‍याएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...