News Portal

नवलपरासीमा चार महिनाको बालकमाथि आमाबुवाको हिंसा, उपचारको क्रममा निधन

हिमालीसंचार संवाददाता
२५९ पटक

वैशाख ९, मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा एक हृदयविदारक घटना घटेको छ, जहाँ आफ्नै आमाबुवाको दुर्व्यवहारका कारण चार महिनाको नाबालकले ज्यान गुमाउनुपरेको छ।

स्थानीय बासिन्दा दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गएराति मादक पदार्थ सेवन गरेको अवस्थामा आफ्ना नाबालक छोरालाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते बनेको बालकलाई घरको बरन्डामा छाडिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए। उनीहरुले तत्काल शिशुलाई रामपुर अस्पताल, पाल्पा पुर्‍याए पनि उपचारका क्रममा नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले जानकारी दिनुभयो।

घटनापछि शिशुका बाबु २१ वर्षीय दीपेन्द्र परियार र ३५ वर्षीया आमा कमला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, कमला परियार केही वर्षअघि दीपेन्द्रसँग दोस्रो विवाह गरेर बसेकी हुन् भन्ने स्थानीय स्रोतले जानकारी दिएका छन्।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तो हृदयविदारक घटनाले गाउँसमुदायमा समेत गहिरो चोट पुर्‍याएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...