News Portal

  • बेलौरीको घटियाघाटमा जलेको अवस्थामा भेटिएका व्यक्तिको पहिचान, सीआईबीको सहयोगमा अनुसन्धान अघि बढ्दै

    संगीता गुरुङ
    १६७ पटक

    कञ्चनपुर, वैशाख ९ – कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित घटियाघाट क्षेत्रमा मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ।

    शव बेल्डाँडी गाउँपालिका–३ निवासी ५० वर्षीय हरिकिसन रानाको भएको पुष्टि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको हो। प्रहरीका अनुसार राना मंगलबार बिहान साढे ४ बजे भारतको कोलकाता जाने योजना सहित मोटरसाइकलमा घरबाट निस्किएका थिए। तर, केही समयपछि उनी घटियाघाट क्षेत्रमा जलेको अवस्थामा मृत भेटिएका हुन्। मृतकको छेउमै उनको मोटरसाइकल समेत जलेको अवस्थामा फेला परेको थियो।

    घटनालाई गम्भीरताका साथ लिई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी स्वयं घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। यस घटनामा कुनै आपराधिक षड्यन्त्र रहेको आशंकामा नेपाल प्रहरीको धनगढीस्थित कुकुर शाखाबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ।

    यस्तै, घटनाको यथार्थ पत्ता लगाउन थप प्राविधिक अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग सहकार्य गर्ने तयारी समेत गरिएको प्रहरीले जानकारी दिएको छ।

    हाल घटनाको प्रकृति र कारणबारे बिस्तृत छानबिन भइरहेको छ। प्रहरी स्रोतका अनुसार हत्या, दुर्घटना वा अन्य कोणबाट समेत अनुसन्धान विस्तार भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...