News Portal

सुर्खेत प्रहरीलाई सुचना लुकाएको आरोप

हिमाली संचार संवाददाता
११६० पटक

सुर्खेत : जिल्ला प्रहरी कार्यलय सुर्खेतले चोरीको आरोपमा प्रकाउ परेका गफार मिया, रहिम मिया, र साबीर मियाको मुद्घाको पत्र लुकाएको आफन्तले आरोप लगाएका छन। उनिहरुले प्रहरीले यसअघि आफु अनुकुलको पत्र नभएको भन्दै पुनःसुर्खेत उधोग बाणिज्य संघ अर्को पत्र माग गरेको बताएका छन।

प्रहरीले गत मंसिर २ गते २२३४ नम्बरको चलानी नम्बर भएको पत्रपठाएर सुर्खेत उधोग बाणिज्य संघलार्इ एकिन मुल्य खुलार्इ दिन आग्रह गरेको थियो।

सुर्खेत उधोग बाणिज्य संघले स्थलगत निरिक्षण गरि ९९ दशमलब ८ केजी कवाड समानको मुल्य १ हजार ९ सय ९६ रुपैया रहेको १४४ नम्बरको मार्फत प्रहरीलार्इ जानकारी गराएको थियो। तर प्रहरीले त्यो पत्र आफु अनुकुल नभएको भन्दै मुद्घा मेशिलमा नराखि पुनःसुर्खेत उधोग बाणिज्य संघलार्इ मंसिर ६ गते २३८४ नम्बरको चलानीपत्र सहित एकिन मुल्य खुलार्इ दिन अर्को पत्र काटेको जनार्इएको छ।

प्रहरीले यस अघि काटेको पत्रमा पुरानको ट्याक्टरको र्इन्जिन भनिएको थियो भने अहिले काटेको अर्को पत्रमा ट्याक्टरको र्इन्जिन,ब्लक तथा त्यसमा लाग्ने पाटपुर्जा भनिएको छ। प्रहरी आफैले काटेको पत्र पनि भिन्न भिन्दै रहेको भन्दै उनिहरुका आफन्तले आफुहरुलार्इ प्रहरीले फसाउन खोजेको आरोप लगाएका छन।

प्रहरीले अमर दिप अटो मोबार्इल्सका संञ्चालक संग समुन्यन गरि उधोग बाणिज्य संघलार्इ पुनःअर्को पत्र काटेर पहिलेको मुल्य परिवर्तन गरी १ लाख २२ हजार ८ सय ५१ तोक्न आग्रह गरेको आफन्तले बताएका छन। उधोग बाणिज्य संघले पनि यसअधि पुरानो कवाडको समान प्रयोगमा नआउने भनेपनी अहिले विगो सहित यति धेरै मुल्य तोकेको उनिहरुको भनार्इ छ।

अमर दिप अटो मोबार्इल्स ग्यारेजका संचालक भिमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मुदा दर्ता गराउनु भएको थियो। हराएका भनिएका यी समान साबीर मियाको पसलमा फेला परेपछि प्रहरीले उनिहरुलार्इ गत कार्तिक २० पक्राउ गरेको हो।

यता मियाले भने कवाड समान आफहुरुले अन्य व्यक्तीबाट खरिद गरेको बताउनु भएको छ। जिल्ला प्रहरी कार्यलय सुर्खेतले यस अघि उधोग बाणिज्य संघले काटेको पत्र मुद्दा मेशिलबाट हटाएर आफ्नो पत्र मात्र सरकारी वकिलको कार्यलयमा पेश गरेको थियो।

सरकारी वकिलको कार्यलयले प्रहरीलार्इ सुर्खेत उधोग बाणिज्य संघ संग बुझेर र्इन्जिन फेरि प्रयोगमा आउने हो या होर्इन समान के कस्तो अबस्थामा छ कति मुल्य बराबरको समान छ भनी बुझ्न जिल्ला प्रहरी कार्यलयलार्इ निर्देशनात्मक आदेश जारी गरेको जनाएको छ।

आफन्तले प्रहरीले हिरासतमा रहकेका आफन्तलार्इ प्रहरीले यातना दिने गरेको बताएका छन। यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने आफुहरु यसको प्रकियमा रहेको भन्दै केही दिन भित्रै पत्र पठाउने जनाएको छ।

प्रहरीले हिरासतमा रहेका आन्तहरुलार्इ सहजै रुपमा भेट्न दिने गरेको दाबी गर्दै शंकाका लागेको अबस्थामा सामान्य चेक जाँच गर्ने गरेको जनाएको छ।

यो पनि पढ्नुहोस।

सुर्खेत प्रहरीको ज्याजती: हिरासतमा रहेका आफन्तलाई भेट्न दिदैन 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...