News Portal

सुर्खेत प्रहरीको ज्याजती: हिरासतमा रहेका आफन्तलाई भेट्न दिदैन

हिमाली संचार संवाददाता
११३४ पटक

सुर्खेत : चोरीको आरोपमा सुर्खेत प्रहरीको हिरासतमा रहेका गफार मिया, रहिम मिया र साबीर मियालार्इ प्रहरीले भेटघाट गर्न नदिएको उनीहरुका आफन्तले बताएका छन।

अमरदिप अटो मोबार्इल्स ग्यारेजका संचालक भिमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मुदा दर्ता गराउनु भएको थियो।

हराएका भनिएका यी समान साबीर मियाको पसलमा फेला परेपछि प्रहरीले उनिहरुलार्इ गत कार्तिक २० पक्राउ गरेको हो। यता मियाले भने कवाड समान आफहुरुले अन्य व्यक्तीबाट खरिद गरेको बताउनु भएको छ।जिल्ला प्रहरी कार्यलय सुर्खेतको आग्रह अनुसार सुर्खेत उधोग बाणिज्य संघले स्थलगत निरिक्षण गरि खरिद गरेको भनिएको ९९ दशमलब ८ केजी कवाड समानको मुल्य १ हजार ९ सय ९६ रुपैया रहेको जानकारी गराएपनि प्रहरीले सरकारी वकिलको कार्यालयमा नपठाएको उनीहरुको भनार्इ छ ।

उनीहरुले ट्याक्टरको पुरानको र्इन्जिन पुनःप्रयोगमा नआउने भन्दै उधोग बाणिज्य संघले कवाड समानको दर रहेको पत्र मंसिर २ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा पठाएपनि प्रहरीले यसलार्इ हटाएर १ लाख २२ हजार बराबरको विगो नयाँ मुल्य सहितको व्यहोरा मंसिर ४ गते सरकारी वकिलको कार्यलयमा पेश गरेको बताएका छन।

वकिलको कार्यलयले सुर्खेत उधोग बाणिज्य संघ बुझेर र्इन्जिन फेरि प्रयोगमा आउने हो या होर्इन समान के कस्तो अबस्थामा छ कति मुल्य बराबरको समान छ भनी बुझ्न जिल्ला प्रहरी कार्यलयलार्इ निर्देशनात्मक आदेश जारी गरेको जनाएको छ।

सरकारी वकिल कार्यालयले गत मंसिर ४ गते पठाएको पत्रको जबाफ प्रहरीले अहिलेसम्म पनि नपठाएको भन्दै आफन्तले दुखेसो पोखेका छन।

यता सुर्खेत उधोग बाणिज्यसंघले भने १४४ नम्बरको चलानी नम्बर भएको पत्र मंसिर २ गते नै पठार्इ सकेको जनाएको छ।

प्रहरी कार्यलय सरकारी वकिलको कार्यलय बिचको दुरी पाँच मिनेटको अन्तरमा हुदाँ समेत आफुहरुको समस्या प्रति प्रहरी गम्भिर नभएको आफन्तको गुनासो छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने आफुहरु यसको प्रकियमा रहेको भन्दै केही दिन भित्रै पत्र पठाउने जनाएको छ।

प्रहरीले हिरासतमा रहेका आन्तहरुलार्इ सहजै रुपमा भेट्न दिने गरेको दाबी गर्दै शंकाका लागेको अबस्थामा सामान्य चेक जाँच गर्ने गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...