News Portal

बोलिभियामा बस दुर्घटना, ३१ जनाको ज्यान गयो

बोलिभियाको दक्षिण पश्चिमी जिल्ला योकल्लामा भएको भीषण बस दुर्घटनामा ३० जनाको मृत्यु भएको छ।

संगीता गुरुङ
१९६ पटक

फाल्गुन ६, दक्षिण अमेरिका – बोलिभियाको दक्षिण पश्चिमी जिल्ला योकल्लामा भएको भीषण बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएपछि ८०० मिटर तल खसेको स्थानीय प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा १४ जना घाइते भएका छन्, जसमा चार जना बालबालिका रहेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

यो दुर्घटना पोतोसी र ओरुरो सहरको बीचमा भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ।

बोलिभियामा सडक दुर्घटनाहरू प्रायः भइरहने गरेका छन्। यो वर्षको अहिलेसम्मकै सबैभन्दा गम्भीर दुर्घटनाका रूपमा यसलाई लिइएको छ। गत महिना मात्र पोतोसी क्षेत्रमा भएको अर्को दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...