News Portal

  • ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    हिमालीसंचार संवाददाता
    २८६ पटक

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्।

    शुक्रबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले समस्याग्रस्त सहकारीमै नपर्ने मितेरी सहकारीबारेको कुरा बाहिर ल्याएर आफूलाई डाम्ने काम भएको उनले बताए।

    उनले मितेरी सहकारी समस्याग्रत सहकारीको लिस्टमा पनि नरहेको र सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो टीओआरमा नै नभएको सहकारीमा प्रवेश गरेर आफूलाई आरोप लगाइएको बताए।

    ‘तपाईँले ममाथि षड्यन्त्र भयो भन्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो कि ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो इगो राख्नै हुन्न भन्ने मान्छे हुँ म। यो मितेरी समस्याग्रस्त सहकारीभित्र पर्छ ? पर्दैन नि। राज्यले पहिचान गरेको समस्याग्रस्तभित्र त पर्दैन। मितेरी सहकारी अहिले पनि चलिरहेको छ। बन्द भएको छैन, लिस्टमा समस्याग्रस्त पनि थिएन। एकाएक यो कुरा बाहिर लिएर आउनु, सिधै ममाथि लक्षित गरेर कुरा बाहिर ल्याइयो। त्यो षड्यन्त्र होईन ? समस्याग्रत घोषणा नभएको सहकारीको बारेमा एकाएक रातारात अनुसन्धानको कुरा कहाँबाट आयो ? त्यसमा पनि त्यो संस्थाका न म कार्यकारी, न सञ्चालक समिति ? साधरण शेयर सदस्य भने हुँ।’

    सहकारी ठगीको सन्दर्भमा कांग्रेसले संसद् अवरुद्ध गरिरहेको अवस्थामा धनराज र ओलीबीच संसद्मा धकेलाधकेल भएको थियो। धनराजले सोही प्रसंगमा ओलीले आफूमाथि पूर्वाग्रह राखेको आशंका व्यक्त गरे।

    गुरुङले मितेरी सहकारी अपचलनमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताए। उनले करोड र लाख नभएर १ रुपैयाँ पनि सहकारी ठगीको पैसा आफूले प्रयोग नगरेको र आफूकहाँ नआएको बताए।

    आफूमाथि षड्यन्त्र गरेर मिथ्या आरोप लगाइएको गुरुङको दाबी छ। तथ्य र प्रमाणले १ रुपैयाँ पनि आफ्नो नाममा सहकारी ठगीको पैसा आएको पुष्टि भएको खण्डमा सजाय भोग्न तयार रहेको उनको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०७३ साल असार १३ गतेको राशिफल

    आज असार १३, २०८२ (जुन २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कानेपोखरी २ का गरिब परिवारहरू अझै अध्यारो रातमा रात बिताउँदै

    रविन्द्र बराल/ मोरङ, असार १२ – मोरङको कानेपोखरी २, दलेलीस्थित सुकुम्बासी बस्तीका केही घरपरिवारहरू अहिले...

    २१ वर्षअघि हत्या गरी भारत भागेका पूर्णबहादुर सार्की पाल्पा प्रहरीले सीमाबाट पक्राउ

    पाल्पा, असार १२ – दुई दशकअघि हत्या गरी भारततर्फ फरार रहेका एक अभियुक्तलाई पाल्पा प्रहरीले...

    रास्वपाको महामन्त्रीको दावीमा मुकुल ढकालको रिटमा सुनुवाइ टुंगियो, अदालतको आदेश प्रतिक्षामा

    काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा आफ्नो वैधानिक दाबी गर्दै...

    नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने, तुइन खोला नजिक ढुंगा हटाइँदै

    चितवन, असार १२ – चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड आज असार १२ गते बिहीबार बिहान ११ बजेदेखि...