News Portal

ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

हिमालीसंचार संवाददाता
४७७ पटक

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्।

शुक्रबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले समस्याग्रस्त सहकारीमै नपर्ने मितेरी सहकारीबारेको कुरा बाहिर ल्याएर आफूलाई डाम्ने काम भएको उनले बताए।

उनले मितेरी सहकारी समस्याग्रत सहकारीको लिस्टमा पनि नरहेको र सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो टीओआरमा नै नभएको सहकारीमा प्रवेश गरेर आफूलाई आरोप लगाइएको बताए।

‘तपाईँले ममाथि षड्यन्त्र भयो भन्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो कि ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो इगो राख्नै हुन्न भन्ने मान्छे हुँ म। यो मितेरी समस्याग्रस्त सहकारीभित्र पर्छ ? पर्दैन नि। राज्यले पहिचान गरेको समस्याग्रस्तभित्र त पर्दैन। मितेरी सहकारी अहिले पनि चलिरहेको छ। बन्द भएको छैन, लिस्टमा समस्याग्रस्त पनि थिएन। एकाएक यो कुरा बाहिर लिएर आउनु, सिधै ममाथि लक्षित गरेर कुरा बाहिर ल्याइयो। त्यो षड्यन्त्र होईन ? समस्याग्रत घोषणा नभएको सहकारीको बारेमा एकाएक रातारात अनुसन्धानको कुरा कहाँबाट आयो ? त्यसमा पनि त्यो संस्थाका न म कार्यकारी, न सञ्चालक समिति ? साधरण शेयर सदस्य भने हुँ।’

सहकारी ठगीको सन्दर्भमा कांग्रेसले संसद् अवरुद्ध गरिरहेको अवस्थामा धनराज र ओलीबीच संसद्मा धकेलाधकेल भएको थियो। धनराजले सोही प्रसंगमा ओलीले आफूमाथि पूर्वाग्रह राखेको आशंका व्यक्त गरे।

गुरुङले मितेरी सहकारी अपचलनमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताए। उनले करोड र लाख नभएर १ रुपैयाँ पनि सहकारी ठगीको पैसा आफूले प्रयोग नगरेको र आफूकहाँ नआएको बताए।

आफूमाथि षड्यन्त्र गरेर मिथ्या आरोप लगाइएको गुरुङको दाबी छ। तथ्य र प्रमाणले १ रुपैयाँ पनि आफ्नो नाममा सहकारी ठगीको पैसा आएको पुष्टि भएको खण्डमा सजाय भोग्न तयार रहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...