धादिङ – धादिङ जिल्ला सदरमुकाम धादिङबेसि देखि ११ काेश अर्थात झन्डै ४२ कि.मि उत्तरी दुर्गम क्षेत्रमा अवस्थित फूलखर्क विभिन्न दृष्टिकोणबाट महत्त्वपूर्ण मानिन्छ ।साविक फूलखर्क गा.वि. स र हाल गङ्गाजमुना गाउँपालिका वडा नं ५ मा पर्ने गङ्गा-जमुना तीर्थस्थलले फूलखर्कलाई मात्र नभएर गङ्गाजमुना गाउँपालिका र धादिङ जिल्लाकाे महत्त्वलाई अझै माथि उठाएकाे छ।
पर्व पश्चिम र दक्षिण पहाडी श्रङ्खला बिच भागमा समथर भु-भाग (सानाे उपत्यका ) तथा उत्तरमा ठाडाे ,अग्लाे फराकिलाे चट्टानी पहरा , त्यही पहराकाे बिचमा रहेकाे गंङ्गा-जमुनालाई धार्मिक ,एतिहासिक र मनाेरम सुन्दरताका लागि महत्त्वपूर्ण मानिन्छ । करिब तीन हजार मिटर अग्लाे पहरा दुई खाेल्सामा विभाजित रहेकाे र तिनिहरुलाई गङ्गा र जमुनाले पुकारिन्छ ।साे गङ्गा-जमुनाबाट पानी झरनाकाे रुपमा तल खस्दाकाे दृश्यले जाे काेहिलाई पनि मन्त्रमुग्ध बनाउँछ ।
प्रफूल्ल बनाउँछ ।र साेहि ठाउँमा घन्टाै बसेर आफ्ना सारा दु:ख,कष्ट विर्सेर त्यस दृष्यलाई टुलुटुलु हेरिरहुँ बनाउँदछ । पहाडकाे एक चाैथाईमा रहेकाे मन्दिरमा पुग्नलाई करिव दुई हजार सिँढिहरु चढ्नुपर्दछ । त्यसाे त हाम्रा प्रमुख तीर्थस्थलहरु प्रायजसाे उच्च स्थानमै रहकाे पाइन्छ । गङ्गाजमुना मन्दिरमा दर्जनाै घन्टा , पहरामा प्वाल र मुर्तिकाे आकृति र छेउमा बार लगाएकाे छ ।
त्यहि मन्दिरमा पूजा आजा गरिन्छ । तर त्यस क्षेत्रमा काटमार भने गरिदैन । त्यस मन्दिरमा पुजा आजाकाे साथसाथै फूलका डाेलीहरु चढाउने , वत्ती वाल्ने , परेवा उडाउने , घन्टाहरु चढाउने आदि गर्ने प्रचलन छ । मन्दिरकाे प्वालमा चढाएकाे दुध करिव २ कि•मि तल रहेकाे ढाँडखर्क खाेलामा निस्कने गर्छ भनाई पनि पाइन्छ । यस मन्दिरकाे तल्लाे भागमा अनाैठाे सुरुङ्ग र गुफाहरु रहेकाे छन्।
धेरै टाढा टाढाबाट राेमान्चक र मनाेरम दृश्यहरुकाे अवलाेकन गर्न सकिन्छ । प्राचिन कालमा मनु नाम गरेकाे एक ऋषिले साे स्थानमा तपस्या गरेकाे र शिवजी प्रशन्न भै त्यस स्थानमा प्रत्यक्ष प्रकट हुँदा उँहाकाे जटाबाट साे झरनाकाे उत्पत्ति भएकाे पण्डितहरुकाे भनाई पाइन्छ ।
हिमालय पुराणमा गङ्गा जमुनालाई विश्वधाराकाे नामले पुकारेकाे साे झरनाकाे पानी मनुखाेला हुँदै भारतकाे गंगा नदिमा मिसिन पुगेकाे स्व• पण्डित वाचन शिराेमणी नारायण पाेखरेलकाे भनाइ रहेकाे थियाे । यसले गर्दा गंगा-जमुना ठूलाे तिर्थस्थल भएकाे र यसकाे ऐतिहासिक महत्त्व रहेकाे पाइन्छ । यस गंगा-जमुना तिर्थस्थलमा प्रत्यक संक्रान्ति , पुर्णिामा , र एकादशीकाे दिन पुजा लाग्ने गर्दछ ।
यहाँ पुजारीकाे रुपमा कान चिरुवा जाेगीहरु रहने गर्दछन् । हरेक वर्षकाे हरिवाेधनी एकादशीकाे अघिल्लाे तिथि दशमीमा साे ठाउँमा ठूलाे मेला लाग्ने गर्दछ । यस मेलामा धादिङ्गका अधिकांश वासिन्दा मात्र नभए गाेर्खा , नुवाकाेट , तनहुँ , चितवन , काठमाडौ उपत्यकाका भक्तजनहरु समेतकाे ठूलाे घुइचाे लाग्ने गर्दछ । साे दिनमा राता फूलका डाेलीहरु बाेक्नेहरु , ढाङ्गग्रेहरु , वाजा बजाउनेहरु , साेरठी नाच , वालान भजन लगायत ठूलाे दलवल एका बिहानै देखि मेला भर्न पुग्छन् ।
साे स्थानमा व्यापारिहरु २/३ दिन अगावै टहराहरु निर्माण गरी आ-आफ्ना व्यापारमा तल्लिन हुन पुग्छन । साे दिनभर र रातभर मेला भर्न आएका भक्तजनहरकाे भिडले साे स्थान भरिभराउ देखिन्छ । झिलिमिलि वत्ती , विभिन्न बाजा र नाचहरुले त्यहाँकाे वातावरण मनमाेहक बनाउने गर्दछ । निकै अग्लाे पहराबाट झरेकाे झरनामा नुहाई गंगा-जमुना माईकाे दर्शन गरेमा सारा पापहर नाश भई माेक्ष हुने , मनका चाहनाहरु पूरा हुने धार्मिक विश्वास पाइन्छ ।
यस मन्दिरमा प्रत्येक वर्ष खडेरी परेकाे समयमा यस भेगका वासिन्दाहरु पानी माग्न जाने चलन पनि अद्यावधि छ । पानी माग्न गएकाे दिन ठूलाे सानाे पानी जहिले पनि पर्ने गरेकाे स्थानीय बासिहरु बताउँछन् । पहिले पहिले पानी माग्न जाँदा खाना पकाउने सबै भाँडाकुँडाहरु उपलब्ध हुने गर्थाे केहि वर्ष पछि कसैले भाँडा जुठाे राखेकाेले भाँडा हराएकाे भन्ने किमदन्ति बुढापाकाहरबाट सुन्न पाइन्छ ।
गंगा- जमुनाकाे पश्चिमपट्टि एक अर्काे झरना रहेकाे छ । जसलाई कुकुर धाराकाे नामले चिनिन्छ । साे झरनामा नुहाउँदा कुकुर लगायत हिँसक जनावरहरुले टाेकेमा पनि विसेक हुन्छ भन्ने जनविश्वास पाइन्छ । अझै राेचक प्रसंग के छ भनी वैशाख जेष्ठ खासगरी सुख्खा महिनामा झरना सुकी पुरै पहरा सुख्खा रहने गर्दछ ।
तर तलबाट मानिसकाे हुलले हर हर गंगे हर हरर पानी देउ भनी कराउने र बाजा बनाउने गरेमा जाेडका साथ माथिबाट पानी खस्ने गर्दछ । यस दृश्यलाई देख्दा जाे काेहि पनि अचम्म मान्दछन् । ईश्वरीय शक्तिकाे सानाे झलक यस देख्यबाट महसुस गर्न सकिन्छ । हाल केहि वर्षदेखि गंगा-जमुना गाउँपालिकाले मेलालाई व्यवस्थित गर्न समिति बनाई विभिन्न कार्यक्रमकाे आयाेजना गर्दै आएकाे छ ।
गंगाजमुना भन्दा माथिकाे क्षेत्र धादिङकाे फूलखर्क , रि , लापा , वसेरी ,तथा गाेरखाकाे काँशीगाउँ र केराैजा बिचकाे भु-भाग झन्डै १ हजार वर्ग कि.मि मा फैलिएकाे छ । याे क्षेत्रलाई गणेश पर्वतकाे नामले चिनिन्छ । गणेश हिमालकाे सेराेफेराे यहि क्षेत्र हाे । कैलाश पर्वत पहिले नेपालमै रहेकाे र वि:सं १८४९ काे बेत्रावती सन्धि पछि साे क्षेत्र चिनकाे स्वशासित क्षेत्र तिव्तमा रहेकाे पाइन्छ । गंगाजमुनालाई गणेश पर्वतकाे अभिन्न भाग मानिन्छ । यस क्षेत्रमा काेणधारी जँगल लेकाली वनस्पति पाइन्छ ।
यस क्षेत्रमा कालाे भालु , घाेरल , थार , पान्डा , मृग , स्याल , जंगली कुकुर लगायत २५ थरीका स्थनधारी जनावरहरु ,८०० थरीका विरुवाहरु सयाैं जातिका चराहरु पाइन्छ । विभिन्न खाेलानालाहरु , झरना , गुफा , लालीगुराँस प्रजातिहरु रहेकाे यस क्षेत्रमा सयाैं जडिबुटिहरु भएकाे अनुमान गरिन्छ ।