News Portal

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

६५ पटक

– कमला थापा

०८२ माघ २४ गते।
देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक दलहरुको अदुरदर्शिता, शत्ताको उन्मादले भूईछोडेका नेताहरु आज बत्ति बालेर आफ्नो धरातल कहां हरायो भनेर खोज्न थालेका छन्। पानी बिनाको माछा झैं छटपटाएको अबस्था देखिन थालेको छ। घातप्रतिघातमा उत्रिदै आएको राजनीति अहिले त बदला र तिरस्कारमा यात्रा गर्दै छ। यस्तो राजनीतिले तय गर्ने बाटो कस्तो होला ! देशमा भयावह स्थिति सिर्जना गर्ने दृष्य यो निर्वाचनले ल्याउदै छ। केही दृश्यहरू देखिन सुरु भैसकेको देखिन्छ। कतै प्रचारमा गएका कार्यकर्ता चुटिदै छन् त कतै पार्टि कार्यालय तोडफोड सुरु भएको छ। कतै मन्दिर धाउने, आखिर भगवान छन् भन्ने थियो त देशलाई धर्म निरपेक्ष किन गराईयो ? धर्मलाई चुनावी रणनीति बनाउँदै घरदैलो सुरु भएको छ। यो नयाँ उदाएका र केही पुरानाबाट बनेका नयां भन्नेहरुबाट श्रृजित घटनाहरुले देशलाई कुन मोडमा पुर्याउने हो। यसले ठुलै दुर्घटनाको संकेत गर्दैन भन्न सकिन्न।

“नेपाली कांग्रेसको बिषेश अधिवेशनले पार्टिको पुरानो संम्रचना भत्काउने काम मात्र गरेन, हिजो जेजस्ता नैतिक, अनैतिक कामहरुलाई निरन्तरता दिदै आयो। जस्ले नेतृत्वको घमण्ड, महत्वाकांक्षा बढाउने काममा मद्दत नपुर्याएको होइन। त्यसलाई सुधारको मार्ग प्रशस्त गर्न नसकेको तत्कालीन पदाधिकारीहरु पनि कम दोषी छैनन्। दोष अरुलाई दिन र देखाउन जति सजिलो हुन्छ ! त्यही दोष आफुले ब्यहोर्न परे अबस्य सजिलो नहोला। नेपाली कांग्रेस एउटा पार्टि मात्र होइन। यो पार्टिसंग प्रत्यक कार्यकर्ताहरुको रगत र पसिनाको सम्बन्ध छ। नेपाली कांग्रेसको नेतृत्वले मात्र एकलौटी निर्णय गर्ने अधिकार कसैलाई पनि छैन र थिएन।”

 

नेपाली कांग्रेसको बिषेश अधिवेशनले पार्टिको पुरानो संम्रचना भत्काउने काम मात्र गरेन, हिजो जेजस्ता नैतिक, अनैतिक कामहरुलाई निरन्तरता दिदै आयो। जस्ले नेतृत्वको घमण्ड, महत्वाकांक्षा बढाउने काममा मद्दत नपुर्याएको होइन। त्यसलाई सुधारको मार्ग प्रशस्त गर्न नसकेको तत्कालीन पदाधिकारीहरु पनि कम दोषी छैनन्। दोष अरुलाई दिन र देखाउन जति सजिलो हुन्छ ! त्यही दोष आफुले ब्यहोर्न परे अबस्य सजिलो नहोला। नेपाली कांग्रेस एउटा पार्टि मात्र होइन। यो पार्टिसंग प्रत्यक कार्यकर्ताहरुको रगत र पसिनाको सम्बन्ध छ। नेपाली कांग्रेसको नेतृत्वले मात्र एकलौटी निर्णय गर्ने अधिकार कसैलाई पनि छैन र थिएन। यहि कुरा बिगत लामो समयदेखि हामिहरुले भन्दै आएका हौं। राजनेता विपी कोइराला, लौह पुरुष गणेशमान सिंह, शन्त नेता कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर राणा जस्ताले सिंचित गरेको पार्टी हो यो। आज उनैका पुत्रहरुलाइ निर्वाचनमा जान बन्चित गरेर उनैका जिल्लामा बिचौलियाहरुलाई टिकट दिनु र ति ब्यक्तिहरुले चुनावी भाषणमा अब नेपाली कांग्रेसमा कुनै गुट उपगुट छैन भनेको सुन्नुपर्दा लाज लागेर आउँछ। याहां एउटा कहावत याद आयो “अच्छुउं खांय, बच्छिउं खायं झुसे बारुलो जुरेलीलाई पढाउने लाटोकोसेरो” भन्ने जस्तो भएको छ। आखिर बिचौलिया नभैकन त कोहिपनि सफल हुन सक्ने रहेनछ नी। नेपाली कांग्रेसको पाठशाला अब यसरी सुरु हुदैरहेछ। त्यसैले भन्न बाध्य हुनुपरेको छ। यो अहंकारले जन्माएको पार्टि थिएन। अहंकारी नेताहरुलाई सच्चिन र सच्याउन दोश्रो पुस्ताका नेताहरुको कर्तव्य हुन आउंथ्यो त्यो उनिहरुले गर्न नसकेको नै हो। सभापतिलाई तानाशाह बन्न दिनुहुँदैन भनेर त त्यति ठूलो संख्यामा पदाधिकारी र केन्द्रीय कार्यसमितिको ब्यबस्था गरिएको हो। हिजो पदाधिकारीहरुको भूमिका त्यस्तो देखिएन। जब भू-राजनैतिक शक्ति प्रवल रुपमा प्राप्त भयो तव त्यसैको आडमा एकैपटक नेतृत्वलाई घोक्रेठ्याक लगाउने काम भयो। नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टिलाई यो सुहाउने कुरा थिएन।

“नेपाली कांग्रेसको विशेष अधिवेशनले त्यस्तै गरेको देखियो। शेरबहादुर देउवाको नेतृत्व पुरै खराब र बिषेश महाधिवेशनले बनाएको नेतृत्व सबैभन्दा उत्तम भने होइन। बिगत धेरै बर्षदेखि सत्ता र शक्तिको उपयोग गर्दै चार/पांच पटक सांसद, मन्त्री भएका ब्यक्तिहरुको कुनै गल्ती नै थिएन ? सबै गल्ती सभापति शेरबहादुर देउवाको मात्र थियो, भन्ने प्रचार गरियो भने त्यो अबस्य पनि न्याय हुने देखिदैन।”

नेपाली कांग्रेसको विशेष अधिवेशनले त्यस्तै गरेको देखियो। शेरबहादुर देउवाको नेतृत्व पुरै खराब र बिषेश महाधिवेशनले बनाएको नेतृत्व सबैभन्दा उत्तम भने होइन। बिगत धेरै बर्षदेखि सत्ता र शक्तिको उपयोग गर्दै चार/पांच पटक सांसद, मन्त्री भएका ब्यक्तिहरुको कुनै गल्ती नै थिएन ? सबै गल्ती सभापति शेरबहादुर देउवाको मात्र थियो, भन्ने प्रचार गरियो भने त्यो अबस्य पनि न्याय हुने देखिदैन। हिजोको गल्तिलाई टुलुटुलु हेरेर आफ्नो दुनो मात्र सोझ्याउने, उनैको हरेक निर्णयमा सहभागी हुदै हालिमुहाली गर्दै नआएको होइन। देउवाको हरेक निर्णयलाई सिरोधार्य गर्दै आएकै हो। त्यसैले आफु मात्र दुधले नुहाएको ठान्नु गलत हुन्छ। अन्यायलाई नजर अन्दाज गरेर बस्नुलाई पनि अन्याय गरेकै मानिन्छ। अपराध गर्ने भन्दापनि अपराधको ढाकछोप गर्नेलाई बराबरकै मतियार मानिन्छ। त्यसैले याहां दुधले नुहाएको कोही पनि छैन। अरुको अपमान गरेर आफुमात्र सम्मानित छु भनेर ठान्नु हत्केलाले सूर्यलाई ढाकेर सन्सार अन्धकार छ भन्नु जस्तै हो।

“नेपाली कांग्रेसको विशेष अधिवेशनबाट आएको सभापतिबाट अहिले त्यस्तै भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपी कोइरालाका सुपुत्र शशांक कोइराला, गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह लगायत धेरै ठूलो जत्थाका नेताहरुलाई यो निर्वाचनमा टिकट नदिएर अपमानज बहिगमन गराएको छ।”

नेपाली कांग्रेसको विशेष अधिवेशनबाट आएको सभापतिबाट अहिले त्यस्तै भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपी कोइरालाका सुपुत्र शशांक कोइराला, गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह लगायत धेरै ठूलो जत्थाका नेताहरुलाई यो निर्वाचनमा टिकट नदिएर अपमानज बहिगमन गराएको छ। यो सोभिनिय होइन, यदि उनिहरुले देशको लागि राम्रो, नराम्रो गरेको कामको मुल्यांकन जनताले गर्न पाउनु पर्ने थियो। त्यो जाचने अधिकार जनताको हो। तर आफै मपाई बन्न खोज्नु हैन भन्न मिल्ला ? अभिभावक गलत भएपनि राजनीतिमा निर्णय गर्ने अधिकार जनतामा हुन्छ। यति ठूलो परिमाणमा पुराना नेताहरूलाई टिकटबाट बन्चित गरेर गरिएको निर्वाचनको परिमाणले निम्त्याउन सक्ने खतरा र त्यसको नतिजा कस्तो होला, निर्वाचन भयो भने हेर्न बाँकी छ। सभापति शेरबहादुर देउवाको धैर्यतालाई सानो मान्न सकिँदैन। त्यति ठूलो दुर्घटनाबाट बाच्न सफल भएका सभापति देउवा आफैंले बनाएका महामन्त्रीहरुबाट अपमान भोग्नु पर्ला भनेर साएदै सोचेका थिए होलान् ! जिवनको उत्तरार्धमा उनले भोग्नु परेको अपमान भोलिका दिनमा अरुलाई पनि नपर्ला भन्न सकिन्न। अरुले गरेको अपमानलाई बिस्तारै बिर्सन सकिएला तर आफ्ना र आफन्तहरुबाट भएको असमान, तिरस्कार त्यो अतिनै पिडादायक र पेचिलो हुन्छ। चाहे त्यो राजनिमा होस या परिवारमा नै किन नहोस्। पार्टि भनेको पनि एक प्रकारको परिवार नै हो। जाहां लाखौं परिवारको योगदान र त्यागले बनेको हुन्छ। यदि उच्च कोटिको राजनीतिक चरित्र हुने हो भने नेपाली कांग्रेस भित्र यो हद सम्मको नैतिक हिनता देखाउनु कुनै पनि हालतमा राजनिति मान्न सकिँदैन। राम्रोलाई राम्रो र नराम्रोलाई , नराम्रो भन्न नसक्नु हिजोको गल्ति थियो, भने खौलामा परेको बिरामीलाई अझै खाल्डो खनेर पुर्न खोज्नु त्यो अति अमानवीय चरित्र हो। त्यस्लाई राजनीतिको नाम दिएर राजनीतिको अपमान नगरौं। आज सिकाउनेले भोलि भोग्नु पर्दैन भन्न सकिदैन। देउवा अहिले आफुलाई भेट्न आउनेहरुलाई आँफु बिष पिएर पनि आफ्ना भन्नेहरु र नेपाली कांग्रेसका सबै उमेदवारहरुलाई विजयी गराउन निर्देशन दिइरहेका छन्। यो उनमा भएको विपी कोइरालाको एक निमेष अंस होला !

“यस्तै चोट राजा हटाउदा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह सरकारलाई पनि परेको थियो होला। जुन कुरा हामिले बुझ्न नसक्दा र आजपनि बुझपचाएर बसिरहँदा देश र जनतालाई कति कष्ट भएको होला भन्ने कुरा बुझौं। यो निर्वाचनले ल्याउने परिणाम कदापि नेपाल र नेपालीको हितमा छैन। यो निर्वाचन कस्का लागि र किन गराईदै छ, भन्ने कुरा निर्वाचन पछि आउने सुनामीले नै देखाउने छ। समयमै सोचौ, भोली भनेर बस्ने समय छैन। राष्ट्र र राष्ट्रियताको प्रतिक राजसंस्था पुनर्स्थापनाको लागि जनता, राजनैतिक दल र राजाको सहभागितामा बनेको त्रिपक्षीय संबिधान २०४७ लाई सहमतिका साथ लागु गर्नु नै आजको आवश्यकता हो।”

यस्तै चोट राजा हटाउदा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह सरकारलाई पनि परेको थियो होला। जुन कुरा हामिले बुझ्न नसक्दा र आजपनि बुझपचाएर बसिरहँदा देश र जनतालाई कति कष्ट भएको होला भन्ने कुरा बुझौं। यो निर्वाचनले ल्याउने परिणाम कदापि नेपाल र नेपालीको हितमा छैन। यो निर्वाचन कस्का लागि र किन गराईदै छ, भन्ने कुरा निर्वाचन पछि आउने सुनामीले नै देखाउने छ। समयमै सोचौ, भोली भनेर बस्ने समय छैन। राष्ट्र र राष्ट्रियताको प्रतिक राजसंस्था पुनर्स्थापनाको लागि जनता, राजनैतिक दल र राजाको सहभागितामा बनेको त्रिपक्षीय संबिधान २०४७ लाई सहमतिका साथ लागु गर्नु नै आजको आवश्यकता हो। म्रृत अबस्थामा पुगिसकेको ०७२ को संबिधानलाई कोरामिन दिएर बचाउन खोज्नु राष्ट्र र जनताको हितमा हुनेछैन। श्री पशुपतिनाथले सबैलाई समयमै सद्बुद्धि दिउन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...