News Portal

रंगेलीको संसारीमाई मन्दिरमा चोरी, धार्मिक स्थल सुरक्षा माथि प्रश्न?

२९३ पटक

रंगेली, मोरङ – मोरङको रंगेली नगरपालिका–७ स्थित श्री संसारीमाई मन्दिरमा चोरी भएको छ। रातको समयमा मन्दिरको च्यानल गेटको ताल्चा फोडेर प्रवेश गरेका चोरीकर्ताले मन्दिरभित्र रहेका बहुमूल्य सामग्री लुटेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक जानकारीअनुसार चोरीमा संसारी माताका दुई थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना र दानपेटिकाको सिसा फोडेर नगद चोरी गरिएको छ।

स्थानीयहरूले मन्दिरमा चोरी हुनु धार्मिक स्थलहरूको सुरक्षा माथि गम्भीर प्रश्न उठाएको बताएका छन्। भक्तजनको विश्वास, आस्था र श्रद्धासँग जोडिएका यी बहुमूल्य सामग्री अपराधीका लागि सजिलो निशाना बन्ने गरेको स्थानीयको गुनासो छ।

प्रहरीले चोरीमा संलग्नको पहिचानका लागि मन्दिरको सीसीटीभी फुटेजको विश्लेषण गरिरहेको छ। प्रहरी स्रोतका अनुसार, चोरी योजनाबद्ध देखिएकोले घटनामा एक्लो व्यक्तिभन्दा समूहको संलग्नता रहेको हुनसक्ने संभावना बढी छ।

स्थानीयहरूले दोषीलाई छिटो पक्राउ गरी सार्वजनिक गरेर कडा कारबाहीको माग गरेका छन्। यस घटनाले धार्मिक स्थलको सुरक्षा केवल मन्दिर व्यवस्थापनको जिम्मेवारी नभएर राज्य र समाज दुवैको साझा दायित्व भएको सन्देश दिएको छ।

 

 

 

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...