News Portal

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

४०२ पटक

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र धनपालथान गाउँपालिकालाई कम्प्युटर, ल्यापटप तथा प्रिन्टर हस्तान्तरण गरेको छ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा रंगेली नगरपालिका र धनपालथान गाउँपालिकाका कार्यालयमा रहेका कम्प्युटर तथा प्रिन्टर जलेर नष्ट भएपछि सेवाग्राहीलाई दैनिक प्रशासनिक सेवा प्रवाहमा कठिनाइ हुँदै आएको थियो। उक्त समस्या समाधानका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत लुथरन सामुदायिक कल्याण समाजले आवश्यक सामग्री सहयोग गरेको हो।

रंगेली नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीप कुमार साहले जेनजी आन्दोलनपछिको अवस्थाका कारण प्रशासनिक कामकाजमा असहजता सिर्जना भएको र आवश्यक सामग्रीका लागि जानकारी गराएपछि लुथरन समुदायले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले लुथरन समाजले विगत वर्षदेखि नै सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएको पनि उल्लेख गर्नुभयो।

संस्थाका पदाधिकारीहरूले रंगेली नगरप्रमुख भुमा पराजुली तथा प्रशासकीय अधिकृत प्रदीप कुमार साहको रोहवरमा ल्यापटप, डेस्कटप कम्प्युटर र प्रिन्टर औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

यस सहयोगपछि नगर तथा गाउँपालिकाका कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई सहज रूपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

 

 

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...