News Portal

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

२४९ पटक

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च विन्दुमा पुगेको भाउ एकैदिन उल्लेख्य रूपमा कम हुँदा बजारमा चहलपहल केही बढेको देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो भने बिहीबार अझै बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो।

सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

लगातारको मूल्यवृद्धिपछि आएको यो गिरावटले उपभोक्तालाई केही राहत मिलेको व्यवसायीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...