News Portal

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

४६४ पटक

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन सरिता नेपालले गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता शर्मिला बिकले गरेकी थिइन्।कार्यक्रममा उपस्थिति सबैजनालाई स्कुलकै शिक्षिका सीता अधिकारीले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी रहेका थिए। विशेष अतिथिका रूपमा नेपाली कांग्रेस धादिङ जिल्लाका उपसभापति दलबहादुर अधिकारी सहभागी भएका थिए। अतिथिहरूमा वडा सदस्य नानीमाया राना मगर, ऋषिश्वर अधिकारी, प्रेमबहादुर गुरुङ, शिक्षक शाखाका कम्प्युटर सहयोगी सुरेन्द्र अधिकारी तथा वडा नम्बर ५ अन्तर्गतका १० वटै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा वडा नं. ५ द्वारा आयोजित ‘हिसाब दौड’ कार्यक्रम समेत सम्पन्न गरिएको थियो। विद्यालयका प्रधानाध्यापक सुनिता अधिकारीले विद्यालयको आर्थिक आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा साना विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरी उपस्थित दर्शकहरूको मन जितेका थिए। साथै, कार्यक्रममा उपस्थित सबैलाई खाजाको व्यवस्था गरिएको थियो र विद्यालयलाई सहयोग गर्ने दाताहरूलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने वडा अध्यक्ष कुमार अधिकारी, शिक्षा समिति, शिक्षकवृन्द, अभिभावकज्यूहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण विद्यालय परिवारप्रति विद्यालयले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ।

विद्यालयले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...