News Portal

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

१९५ पटक

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई बिर्सन नहुने बताएकी छन्। आइतबार बालुवाटारमा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको संस्कृति र परम्परा विशेष र मौलिक भएको उल्लेख गर्दै यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्री कार्कीले भने कि संस्कृतिमा रहेका हानिकारक प्रथाहरूलाई हटाउन आवश्यक भए पनि परम्परागत पोशाक र मौलिक पहिचान कायम राख्नुपर्छ। सरकारी कार्यालयमा हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्नो परम्परागत पोशाक लगाउनु उपयुक्त हुने उनले सुझाव दिइन्।

भेटमा परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसार कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री कार्कीलाई आमन्त्रित गरेको जानकारी पनि दिइएको छ।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...