News Portal

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

२४९ पटक

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी थालेको छ। पार्टी कोषाध्यक्ष लिमा अधिकारीले जनताको चाहना र आवश्यकताहरूलाई समेटेर घोषणापत्र तयार भइरहेको बताएका छन्।

पार्टीका उपसभापति तथा घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेले पाँच वर्षभित्र पाँच मुख्य क्षेत्रलाई लक्षित गर्दै योजना प्रस्तुत हुने जानकारी दिएका छन्। घोषणापत्रमा सुशासन, भ्रष्टाचारको अन्त्य, आर्थिक सुधार, जेनडि एजेण्डा तथा सरकारको पहिलो १०० दिनमा गरिएका प्रमुख कामहरू समावेश हुने बताइएको छ।

अधिकारीले रास्वपाप्रति जनताले देखाएको विश्वास कायम राख्नका लागि पार्टीले प्रभावकारी र दृढतापूर्वक काम गर्नु आवश्यक रहेको पनि औंल्याए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...