
काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी थालेको छ। पार्टी कोषाध्यक्ष लिमा अधिकारीले जनताको चाहना र आवश्यकताहरूलाई समेटेर घोषणापत्र तयार भइरहेको बताएका छन्।
पार्टीका उपसभापति तथा घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेले पाँच वर्षभित्र पाँच मुख्य क्षेत्रलाई लक्षित गर्दै योजना प्रस्तुत हुने जानकारी दिएका छन्। घोषणापत्रमा सुशासन, भ्रष्टाचारको अन्त्य, आर्थिक सुधार, जेनडि एजेण्डा तथा सरकारको पहिलो १०० दिनमा गरिएका प्रमुख कामहरू समावेश हुने बताइएको छ।
अधिकारीले रास्वपाप्रति जनताले देखाएको विश्वास कायम राख्नका लागि पार्टीले प्रभावकारी र दृढतापूर्वक काम गर्नु आवश्यक रहेको पनि औंल्याए।