News Portal

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

२७५ पटक

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको नारा ‘अबकी बार कांग्रेसको सरकार’को सट्टा ‘अबकी बार सय पार’ बनाउन आग्रह गरेका छन्। थापाले भने, “नारा लगाउनै हो भने ‘अबकी बार सय पार’ भनेर लगाउनुस्। यसपालि कांग्रेसलाई बहुमतमा पुर्‍याउन सकिन्छ।”

सभापति थापाले पार्टी सफल बनाउन नेता–कार्यकर्ताको सक्रियता र मेहनत अनिवार्य रहेको बताए। उनले जोड दिए, “पार्टीका हरेक सदस्यले आफू उम्मेदवार भएको भान राखेर वडा–वडा, टोल–टोलसम्म संगठन गर्नुपर्छ। यो पार्टी १० लाख सक्रिय सदस्य भएको पार्टी हो।”

थापाले परिवर्तन आएको कांग्रेसले देशमा पनि नयाँ सोच र सुधार ल्याउने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई तल्लो तहसम्म पुगेर काम गर्न प्रोत्साहित गरे।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...