News Portal

धादिङको धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना माईको मेला मंसिर २ गते लाग्ने 

हिमाली संचार संवाददाता
५८६ पटक

धादिङ– धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना माईको मेला यहि मंसिर २ गते लाग्ने भएको छ । हरिबोधनी एकादशीको अवसर पारेर जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा भव्य मेला लाग्ने गरिन्छ ।

धादिङ जिल्लाको सुदूर उत्तरमा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्वको स्थल गङ्गाजमुना सदरमुकाम धादिङ्गबाट झण्डै १२ घण्टाको पैदल दुरीमा अवस्थित छ । पहाडको टुप्पोबाट झरेको झरना र त्यसको मुनि पहरामा रहेको महादेवको मन्दिरमा दर्शन गर्नेहरुको ठूलै भीड लाग्ने गरिन्छ ।

फुलफर्कको डाँडखर्कको मनोरम पहाडको बीचमा रहेको झरना र मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीको अघिल्लो राज भक्तजनहरु जग्राम बस्ने र भोलिपल्ट बिहानै नजिकैको महादेवको मन्दिरमा नजिकै बत्ती बाल्ने, फूलको डोली, गाईको दुध चढाउने र परेवा उडाउने गर्दछन् । मन्दिरमा बली नचढ्ने भएका कारण भाकल बुझाउन मन्दिर पुगेका भक्तजनहरुले जिउँदो परेवा उडाउने गर्दछन् ।

यस ठाउँमा वर्षैभरि निरन्तर झरिरहने दिदीबहिनी अर्थात् गंगा र जमुना नामका दुई झरना पौराणिक कालदेखि प्रसिद्ध छन् । भगिरथ राजाको तपस्याको प्रभावले ब्रह्माबाट प्राप्त भएकी गंगा पृथ्वीमा ओर्लँदा पृथ्वी भासिने भएपछि महादेवले यसै स्थानमा गंगालाई आफ्नो शिरमा थापेको धार्मिक विश्वास छ । प्रचुर जलभण्डार तथा जडिबुटीका हिसावले महत्वपूर्ण रहेको यो स्थान राजधानी काठमाण्डौबाट हवाई दुरीमा झण्डै १२ मिनेमा पुग्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...