News Portal

धादिङको धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना माईको मेला मंसिर २ गते लाग्ने 

हिमाली संचार संवाददाता
५८८ पटक

धादिङ– धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना माईको मेला यहि मंसिर २ गते लाग्ने भएको छ । हरिबोधनी एकादशीको अवसर पारेर जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा भव्य मेला लाग्ने गरिन्छ ।

धादिङ जिल्लाको सुदूर उत्तरमा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्वको स्थल गङ्गाजमुना सदरमुकाम धादिङ्गबाट झण्डै १२ घण्टाको पैदल दुरीमा अवस्थित छ । पहाडको टुप्पोबाट झरेको झरना र त्यसको मुनि पहरामा रहेको महादेवको मन्दिरमा दर्शन गर्नेहरुको ठूलै भीड लाग्ने गरिन्छ ।

फुलफर्कको डाँडखर्कको मनोरम पहाडको बीचमा रहेको झरना र मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीको अघिल्लो राज भक्तजनहरु जग्राम बस्ने र भोलिपल्ट बिहानै नजिकैको महादेवको मन्दिरमा नजिकै बत्ती बाल्ने, फूलको डोली, गाईको दुध चढाउने र परेवा उडाउने गर्दछन् । मन्दिरमा बली नचढ्ने भएका कारण भाकल बुझाउन मन्दिर पुगेका भक्तजनहरुले जिउँदो परेवा उडाउने गर्दछन् ।

यस ठाउँमा वर्षैभरि निरन्तर झरिरहने दिदीबहिनी अर्थात् गंगा र जमुना नामका दुई झरना पौराणिक कालदेखि प्रसिद्ध छन् । भगिरथ राजाको तपस्याको प्रभावले ब्रह्माबाट प्राप्त भएकी गंगा पृथ्वीमा ओर्लँदा पृथ्वी भासिने भएपछि महादेवले यसै स्थानमा गंगालाई आफ्नो शिरमा थापेको धार्मिक विश्वास छ । प्रचुर जलभण्डार तथा जडिबुटीका हिसावले महत्वपूर्ण रहेको यो स्थान राजधानी काठमाण्डौबाट हवाई दुरीमा झण्डै १२ मिनेमा पुग्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...